काठमाडौं। नेपालकी पूर्व युवराज्ञी हिमानी शाह र उनकी छोरी पूर्णिका र कृतिका शाहको टिकटक भिडियो भाइरल भैरहेको छ। नेपालमा जारी लकडाउनमा व्यक्तिगत रमाइलो गर्ने क्रममा टिकटक वनाएर सार्वजनिक गरेपछि भाइरल बनेको हो।

सविन राईको चर्चित गीत गुराँसको फेदमुनि बोलको सुपरहिट गीतमा हिमानी शाह र उनकी छोरीहरु पूर्णिका र कृतिकाले मज्जाले नृत्य गरेको टिकटक भिडियो हेर्न लायकको छ। छोटो भएपनि मिठो बनाएर हिमानी र उनका छोरीहरु आफ्नै संसारमा रमाउने कोशिश गरेको पाइएको छ। जुन अत्यन्त राम्रो कुरा हो।

आफूभित्रको प्रतिभालाई हिमानीले टिकटकको माध्यमवाट बर्षौ बर्षदेखि लुकेर रहेको प्रतिभालाई सार्वजनिक गर्ने कार्य भएको छ। पूर्व राजपरिवारमा सवैको प्रिय युवराज्ञीको रुपमा हिमानी शाहलाई मानिन्छ।

हिमानी कोष मार्फत मुलुकमा विपद आउंदा ठूलो धनराशीको सहयोग गर्दैआएकी हिमानी मनकारी व्यक्तित्व हुन। पछिल्ला समयमा धर्म, कर्म तथा समाजसेवामा नै हिमानीका दिनहरु व्यतित भैरहेको छ।

https://www.instagram.com/p/CBLXvnMnKl4/

 

प्रकाशन मिति–२०७७ साल जेठ २७ गते मंगलवार ।