काठमाडौं। नेपालमा सुरक्षित रगतले बचाउं छ जीवन, रक्तदान गरौं र स्वस्थ्य संसार बनाऔं मूल नाराकासाथ बिश्व रक्तदाता दिवस जून १४ बिबिध कार्यक्रमहरूको आयोजना गरेर सम्पन्न भएको छ।

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आफ्ना जिल्ला शाखा तथा स्थानीय समितिहरूबाट बिबिध कारहरूको आयोजना गरेर संपन्न गरेको समाजले जनाएको छ। स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगरपालिका समितिद्वारा कोरोनाभाइरस (कोभिड–१९) बाट पूर्ण सजकता अपनाइ सामाजिक दूरी कायम गर्दै बिशेष रक्तदान कार्यक्रमको आयोजना गरियो।

सो कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यद्वारा प्रमाण–पत्र प्रदान गरेका थिए। नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर
समितिका अध्यक्ष राधेश्याम फुँयालको सभापतित्वमा आयोजित उक्त रक्तदान कार्यक्रममा महिला १२ र पुरूष ५३ जनागरि जम्मा ६५ जनाले रक्तदान गरेका थिए।

प्राप्त समाचारनुसार, पर्वतमा नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाद्वारा सार्वजनिक चोक बजारमा बिश्व रक्तदाता दिवसलाई तय गरिएको नारा,शुभकामना लेखिएको टुल टाँगेर प्रचारप्रसार गर्ने कार्य सम्पन्न गरेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला अध्यक्ष नीरबहादुर पुनको नेतृत्वमा सो कार्यक्रम सम्पन्न भएको थियोे।

दोलखामा नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्लाध्यक्ष श्याम गौतमको सभापतित्वमा चरिकोटमा एक बिशेष रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि भिमेश्वर नगरपालिकाका प्रमख भरत बहादुर केसी,बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा र अतिथ नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति गोकर्ण प्रसाद पोखरेल रहेको सो कार्यक्रमको प्रमुख तथा सभापतिबाट संयुक्तरूपमा रक्तदाताहरूलाई प्रमाण–पत्र बितरण गरिएको थियो।

त्यस्तैगरेर कास्कीमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्लाध्क्ष जीतेन्द्रमान शाक्यको सभापतित्वमा बिबिध कार्यक्रमहरूको आयोजना गरि पोखरामा बिश्व रक्तदाता दिवस मनाएको छ।

जसनुसार,कोभिड–१९ बाट स्वर्गवास भएकाहरूको सम्झनामा १ मिनेट मौन धारण गरिएपश्चात् रक्त संकलन थैली प्रदान गरि शुरू भएको रक्तदान तथा सम्मान कार्यक्रमको प्रमुख अतिथिमा दाह्री ग्याङ्गका संयोजक बसन्त पहारी र नेपाल स्वयंसेवी रक्तदाता समाजका पूर्व जिल्लाध्क्ष तिर्थराज अवस्थि र पोखरा रक्त सञ्चार सेवाका प्रमुख अर्जुन ज्ञावालीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

सो कार्यक्रमको अति रोचक एवं अनुकरणिय पक्ष भनेको नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका सचिव बीरेन्द्र पराजुलीले आफ्नो बुबाको पुण्य तिथि (श्राध्द)को दिनमा खालिपेटमै कार्यक्रम संचालन गर्नुका साथै रक्तदान समेत गरेर एउटा उदाहरणीय व्यक्ति बन्न सफल बनेका छन्। जम्मा ४४ जनाले रक्तदान गरेका थिए।

झापामा भने, नेपाल स्वयंसेवी रक्तदाता समाज झापा जिल्ला शाखाद्वारा एक बिशेष भेलाको आयोजना गरियो। जसको मूल लक्ष्य र उद्देश्य भनेको रक्त समूह अनुसारको संयोजक चयन गर्नु। भेलाले रक्त समूह ए–पोजिटिभ तथा नेगेटिभको संयोजकमा स्वयंसेवी रक्तदाता मेघराज थापा, रक्त समूह बी–पोजेटिभतथा नगेटिभको संयोजकमा सीताराम खतिवडा,रक्त समूह ओ– पोजेटिभ तथा नेगेटिभको संयोजकमा कमला बजगाँई र रक्त समूह एबी– पोजेटिभ तथा नेगेटिभको संयोजकमा फणीन्द्र कुमार भट्टराई रहेका छन्।

यसरी स्वयंसेवी रक्तदाताहरू बीच जिम्मेवारी बाँडफाँड गरि छुट्टै अनुभवका साथ बिश्व रक्तदाता दिवस मनाउने कार्य भएको छ ।
रूपन्देहीमा नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखाको नियमित तथा बिश्व रक्तदाता दिवस जून १४ को उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरियो। जिल्लाध्क्ष कृष्ण चौहान क्षेत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महिला र पुरूष गरि जम्मा ६० जनाले रक्तदान गरेका थिए।
प्रकाशन मिति–२०७७ साल असार २ गते मंगलवार ।