Yo Manma Timi Video News 1

काठमाडौ। विश्वको अत्यन्त बैभबशाली मुलुक अमेरिकामा छायाँकन भएको नेपाली गीतको म्युजिक भिडियो रिलिज भएको छ। अमेरिकाको न्यूयोर्क स्थित सेन्टरपार्क, लिभर्टी पार्क लगायतका मनोरम स्थानमा छायाँकन भएको यो मनमा तिमी धड्कनमा तिमी बोलको गीत वल्र्डवाइड रिलिज भएको हो।

Yo Manma Timi Video News 2ड्रिम्स गेट नेपालको प्रस्तुति रहेको यस गीतमा हाल अमेरिकामा नै रहेका नेपाली कलाकार क्रिस थापाको बेजोड अभिनय रहेको छ। जसमा क्रिसलाई अभिनयमा कलाकार अनु खड्काले साथ दिएकी छन्। दुवैको गीतको भिडियोमा बेजोड अभिनय रहेको छ। त्यो बेजोड अभिनयलाई निर्देशन गर्ने कार्य हाल क्यानाडामा रहेका कुनैबेलाका नेपालका चर्चित एक्सन नायक ईश्वर थापाले गरेका छन्।

Yo Manma Timi Video News 3क्यानाडामा भिडियो सम्पादनको अवार्डवाट अवार्डेट नायक थापाको निर्देशन तथा सम्पादन रहेको पाँच मिनेटको यस गीतको भिडियो खिच्दा अमेरिकामा कतिले बलिउड फिल्म स्टाइलको गजबको भिडियो भनेर प्रतिक्रिया व्यक्त गरिएको थियो। खिचाइको स्टाइल तथा निर्देशनको शैली अनि अभिनयको बेजोड पाराले त्यहाँ सवैले वाहवाही गरेको सोही भिडियो ड्रिम्स गेट नेपालको युट्युब च्यानल मार्फत रिलिज भएको हो।

Yo Manma Timi Video News 4यस गीतको भिडियोले राम्रो परिकल्पना र राम्रो मेहनत गरेमा अमेरिका जस्तो बैभबशाली मुलुकमा पनि राम्रो म्युजिक भिडियो निर्माण गर्न सकिन्छ भन्ने प्रमाण दिन सफलता प्राप्त गरेको छ। यस गीतको भिडियोको छायाँकन अमेरिकाको न्यूयोर्कमा नै रहेका प्रसिद्ध नेपाली क्यामेरामेन शंभु मोक्तानले गरेका छन्।

Mr. Ishwar Thapa-Director & Editor.
Mr. Ishwar Thapa-Director & Editor.

क्यामेरामेन मोक्तानको कुशल छायाँकनले निर्देशक तथा सम्पादक ईश्वर थापाको परिकल्पना तथा निर्देशनले साकार रुप प्राप्त गरेको छ। गीतका गीतकार मिलन केसी र संगीतकार सुनिल थापा हुन भने, दिलिप भण्डारी र अजुदा थापाको गायन रहेको छ।

प्रस्तुत छ–उक्त गीतको रोमान्टिक म्युजिक भिडियो

प्रकाशन मिति–२०७४ साल भाद्र ३१ गते शनिवार ।