Dhurba Dutta in Teen Ghumtiकाठमाडौ। हंगकंग हुंदै हाल लामो समयदेखि बेलायतमा बसोबास गर्दैआएका अभिनेता ध्रुव दत्तले आठवटा नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। पछिल्लो समय ध्रुव दत्तले अभिनय गरेको बीपी कोइरालाको अमरकृति चलचित्र तीनघुम्ती व्यापक चर्चाको विषय नै बनेको छ।

Dhurba Dutta

Dhurba Dutta in Geegisha 3

त्यसपछि बेलायतमा व्यापक चर्चाको विषय बनेको ध्रुव दत्त नै नायक बनेको बेलायतको रंगमंचिय इतिहासमा बेग्लै नाम तथा सफलता कायम गर्न सफल नाटक जीगिषा नै हो। बेलायतमा नै रहेका अग्रज रंगकर्मी तथा निर्देशक सनम कुमार बैरागको लेखन तथा निर्देशनमा मंचित नाटक जीगिषामा ध्रुव दत्तको स्वभाविक अभिनयको सवैले दिल खोलेर तारिफ गरेको पाइएको छ।

Dhurba Dutta in Geegisha 1मनैदेखि अभिनय गर्ने क्षमता बोकेका ध्रुव दत्तको नाटकमा अभिनय पहिलो प्रयास हो। यसअघि चलचित्र वाहेक नाटकमा नखेलेको बताउने उनले नाटकको टेष्ट नै बेग्लै हुने र तुरुन्तै यसको रिजल्ट पाउने भएवाट नाटक खेल्न आफू अझ हौसिएको र यो हौसला नाटककार निर्देशक सनम कुमार बैरागको अपार सपोर्टवाट पाएको उनले दिल खोलेर भनेका छन्।

Dhurba Dutta in Geegisha 4

मौका तथा अवसर पाउंदै गएमा निरन्तर नाटकमा अभिनय गर्ने आफ्नो अव एक मात्र लक्ष्य रहेको पनि उनले सुनाएका छन्। नाटक जीगिषा बाहेक चलचित्र तीनघुम्ती अगाडि द प्लान, बिष, विरताको चिनो, मृगतृष्णा, नाइन ओ क्लोक, निर्दोष र आवेग नामक चलचित्रमा अभिनय गरिसकेका छन्।

Dhurba Dutta in Geegisha 2प्रकाशन मिति–२०७३ साल चैत्र ३१ गते विहीवार ।