काठमाडौ। नेपालमा उध्रेको चोलीवाट खोलेकी गायिका भनेर अत्यन्त लोकप्रियता हासिल गरेकी इन्दिरा जोशीको आइटम गीत नेपाली चलचित्र लुटको उध्रेको चोली नै हो। यो गीत तथा रातो घाँघर बोलको गीतले बबाल चर्चामा ल्याएतापनि इन्दिरालाई गायन क्षेत्रमा चिनाउने काम भने ‘नेपाली तारा’ले नै गरेको हो।

नेपाली ताराको उत्कृष्ट पाँचसम्म पुगेकी इन्दिराले प्रतियोगिता त जितिनन् तर गायनमा लगातारको मेहनतले श्रोताहरूको मन जितिरहेकी छन् । गायनसँगै नृत्य गरेर दर्शकलाई आकर्षित गर्न सफल इन्दिरालाई धेरैले ‘नेपाली साकिरा समेत भन्ने गरेका छन्। रियालिटी शो नेपाली ताराबाट आएकी इन्दिरा पछिल्लो समय अर्को रियालिटी शो नेपाल आइडलकी निर्णायक बनेपछि अझै चर्चामा आइन्।

डोरेमी संगीत एकेडेमीबाट संगीत सिकेकी उनले देशविदेशका स्टेजमा पुगेर आफ्नो कला प्रस्तुत गर्दैआएकी छन्। यिनै नेपाली सकिरा इन्दिरा जोशीले तीज गीत पनि गाएकी छन्। यो बर्षको तीजमा ईश्वर थापा तथा भरत बमजनको शव्द तथा राजु सिंहको संगीतमा तीज गीत गाएर थप तहल्का मच्चाएकी छन्।

प्रस्तुत छ–उक्त तीज गीतको म्युजिक भिडियो

 

प्रकाशन मिति–२०७४ साल कात्तिक २४ गते शुक्रबार ।