Sumi Rajbhandari 5काठमाडौ। चित्रकलामा दिनानुदिन आकर्षण बृद्धि भैरहेको छ। चित्र लेखन तथा तिनको विश्लेषण गर्ने परिपाटीको विकास तिव्र गत्तिमा भैरहेको छ। चित्रकला राम्रो व्यवसाय पनि बनिसकेको छ। स्वदेश तथा विदेशमा चित्रकलाको भरमा पनि प्रत्येक दिनजसो लाखौ कमाउनेहरु भैसकेको दावी नेपालकी प्रसिद्ध कलाकार सुमी राजभण्डारीको रहेको छ।Sumi Rajbhandari 6विगत अढाई दशकदेखि नेपाली चित्रकलाकारितामा निरन्तर क्रियाशील बनेर लाग्दैआएकी कलाकार राजभण्डारीको चित्रकलामा इम्बुस आर्ट र ग्लास आर्ट अत्यन्त प्रभावकारी मानिन्छ। सवैखाले चित्रकारिता गर्ने गरेकी राजभण्डारीको खुवी तथा विशेषता इम्बुस आर्ट र ग्लास आर्ट हो। जुन कला सिक्नका कलाकार राजभण्डारीको काठमाडौको मध्यबानेश्वर स्थित कला आयाम आर्ट स्कुलमा चित्रकलाकारिता सिक्न व्यावसायिक कलाकार बन्न चाहनेहरु देखि स्कुलका विद्यार्थीहरुसम्मको व्यापक आकर्षण देखिएको छ।Sumi Rajbhandari 4संकल्प विकास केन्द्र नेपालका बरिष्ठ उपाध्यक्ष समेत रहेका कलाकार राजभण्डारीले विशेष गरेर विद्यार्थीहरुलाई टार्गेट गरेर शनिवारका दिन स्पेशल क्लास कला आयाममा दिने गरेकी छन्। अरु दिन व्यावसायिक कलाकार बन्न चाहनेहरुका लागि चित्रकलाकारिता सिकाउने कार्य गर्दैआएकी कलाकार राजभण्डारीले काठमाडौका केही स्कुलहरुमा चित्रकलाको कक्षा लिने पनि गर्छिन्। विद्यार्थीहरुमा चित्रकलाकारिताको मोहवाट कलाकार राजभण्डारी निक्कै उत्साहित देखिएकी छन्।

Sumi Rajbhandari 8त्यसको अलावा सिजनली आर्ट समर क्याम्प तथा विन्टर क्याम्प गर्ने कार्य पनि कलाकार राजभण्डारीवाट हुंदैआएको छ। प्रारम्भमा चित्रकलाकारितामा लाग्दा धेरै संघर्ष गर्नु परेको यथार्थता बताउने राजभण्डारीले एसएलसी पास भएको लगतै अरु साथीहरु साइन्स र कमर्स पढ्न गएपनि आफूभने सानैदेखिको चाहना र इच्छा पूरा गर्न ललितकला क्याम्पसमा भर्ना भएर चित्रकलाकारिता पढ्ेको भन्छिन्।

Sumi Rajbhandari 7चित्रकलाकारितामा स्नातक भएपछि व्यावसायिक रुपमा यसतर्फ लाग्दा सुरुमा मूर्ख भन्नेहरुले समेत हाल आएर राम्रो व्यवसाय रोजिस् भनेर स्यावासी दिनेहरुको कमी नभएको कलाकार राजभण्डारीले भनेकी छन्। चित्रकलाकारिता पनि राम्रो उद्यम बन्ने सक्ने प्रमाण समेत दिन सफल कलाकार राजभण्डारी डल–कुसनका पनि विज्ञ हुन्। यसैवाट दुई वर्षअगाडि नेपाल सरकारवाट सफल उद्यमीको पुरस्कार समेत प्राप्त गरिसकेकी छन्।

Sumi Rajbhandari 2कलाभित्रको अदभूत कला कोर्नमा अहोरात्र खटिरहने कलाकार राजभण्डारी एकल चित्रकला प्रदर्शनी गर्ने सोचमा रहेकी छन्। त्यो सोचलाई मूर्तरुप प्रदान गर्ने कार्यमा निरन्तर लागिरहेकी कलाकार राजभण्डारीले चित्रमा नै जिन्दगी देखिएकी छन्। चित्रमा नै खुशी पाएकी छन्। चित्रवाटै उनलाई अनौठो शान्ति र सुख प्राप्त गर्ने गरेको समेत स्वीकारेकी छन्।

Sumi Rajbhandari 7प्रकाशन मिति–२०७४ साल भाद्र ८ गते विहीवार ।