काठमाडौ। लाखौ पाठकहरुको अत्यन्त प्रिय पत्रिका कामनाको आयोजनामा कामना फिल्म अवार्ड–२०७४ संपन्न भएको छ। चौधरी ग्रुपको सीजी इन्टरटेन्टमेन्टसंगको सहकार्यमा आयोजित कामना अवार्ड भव्य तथा सभ्य रुपमा काठमाडौको आर्मी अफिसर्स क्लबमा मंगलवार अबेर संपन्न भएको हो।

कुल ३२ विधामा प्रदान गरिएको लक्स कामना फिल्म अवार्डस् २०७४ मा सर्वोत्कृष्ट चलचित्र छक्का–पञ्जा बन्न सफल भएको छ। सर्वोत्कृष्ट निर्देशक चलचित्र गाजलुवाट हेमराज बीसीले पाएका छन्। सर्वोत्कृष्ट नवनिर्देशक छक्का–पञ्जावाट दीपाश्री निरौला बनेकी छन्।

सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र जात्रावाट विपीन कार्कीले हात पारेका छन्। सर्वोत्कृष्ट अभिनेतृको अवार्ड भने चलचित्र डाइङ क्यान्डलकी सिर्जना सुव्वाले जितेकी छन्। विशेष आकर्षणको रुपमा रहेको नगद १ लाख सहितको यो बर्षको कामना कीर्तिमय दीर्घ योगदान सम्मानवाट कलाकार दम्पति हरिहर शर्मा तथा शकुन्तला शर्मा र बरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठलाई प्रदान गरिएको छ।

शर्मा दम्पति तथा श्रेष्ठलाई आयोजक कामनाको तर्फवाट कामनाका प्रधान सम्पादक तथा प्रकाशक पुष्करलाल श्रेष्ठ र सीजी इन्टरटेन्टमेन्टका तर्फवाट अध्यक्ष बसन्त चौधरीले प्रदान गरेका थिए। प्रकाशन मिति–२०७४ साल माघ १६ गते मंगलवार ।