Bidhya Balan

काठमाडौ। भारतीय सिनेमाको इतिहासमा डटीगर्लको नामले चिनिएकी अभिनेत्री विद्या बालन हुन्। विद्या बालन दक्षिण भारतकी चर्चित नायिका सिल्क स्मिताको बास्तविक कथामा आधारित फिल्म डटीपिक्चरमा अभिनय गरेपछि अत्यन्त चर्चामा आएकी थिइन्।

डटी पिक्चरको कारण डटी गर्लको रुपमा निक्कै चर्चा पाएकी विद्या बालनको सन् २०१२ मा भारतीय व्यापारी सिद्धार्थ राय कपुरसँग विवाह भएको हो। विवाह पश्चातका दिनहरुमा अस्वभाविक रुपमा विद्या बालन मोटाउन थालेपछि धेरैले गर्भवती भएको हो कि भन्ने आशंका गरिन थालेको हो।

त्यसमाथि, पटक–पटक विद्यालाई अस्पताल धाइरहेको अवस्थामा भेटिनुले पनि यस कुरालाई पुट गरिदै ल्याएको थियो। अखवारहरुमा पनि विद्या बालनको अस्वाभाविक मोटोपनलाई गर्भवती भएको भनेर खवर पटक–पटक आएपछि यसपालि उनी आगो बनेकी छन्। विवाह भएको लगतै गर्भवती बन्नै पर्ने हो र भन्दै प्रश्न गर्दै मिडियामा आफूलाई हरेक पल्ट गर्भवती भएको खवर आएपछि आफूलाई बच्चा पाउने मेशिन बनाएको भन्दै आक्रोश पोखेकी छन्।

कुनै विरामीको कारण उपचारको क्रममा अस्पताल गयो भन्दैमा गर्भवती भयो भनेर आधारहिन शंका गर्नेहरुसंग उनी निक्कै रिसाएकी छन्। र उनले आफू गर्भवती नभएको र आमा बन्ने कुनै सोच नभएको पनि भनेकी छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र ७ गते सोमवार ।