Kshitiza' News 3

काठमाडौ। नेपाली र हिन्दी दुवै भाषामा नयाँ चलचित्र दि कर्मा निर्माण हुने भएको छ। जय राज राय र निशा खतिवडाको संयुक्त निर्माण रहने चलचित्र दि कर्माको निर्देशन देवकुमार श्रेष्ठले गर्ने भएको छ।

चलचित्र दि कर्मामा नेपाली कलाकारको अलावा केही बलिउडका कलाकारहरुको समेत अभिनय रहने भएको छ। यही आउने मंसीर महिनावाट छायाँकन प्रारम्भ हुने चलचित्र दि कर्माको प्रमुख भूमिकामा चर्चित मोडल तथा नायिका क्षितिजा शाक्य र नायक दीपक आनन्दको प्रमुख भूमिका रहने भएको छ।

Kshitiza' News 4नायिका शाक्यले भिजन संसारसंगको कुराकानीमा आफ्नो रोल हालसम्म गरेका चलचित्रमा भन्दा विलकुलै फरक र च्यालेन्जिङ्ग भएको बताएकी छन्। जुन रोल गर्ने अवसर पाएर आफू अत्यन्त खुशी भएको पनि प्रतिक्रिया दिएकी छन्।

साथमा करण कुमार वर्मा, नसीमा आचार्य, अनुप सक्सेना लगायतको अभिनय रहने भएको छ । तराई भेगमा पर्ने नेपाल र भारतको सीमानको आसपासको हुने घटनामा आधारित चलचित्रको कथावस्तु रहेको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र २७ गते मंगलवार ।