काठमाडौं। इरानका दुई लोकप्रिय अभिनेत्रीहरू देशभर चलेको विरोध प्रदर्शनलाई समर्थन जनाएपछि पक्राउ परेका छन्। हेंगामेह घाजियानी र कातायोन रिआहीलाई प्रहरीले पक्राउ गरेको हो।

गत सेप्टेम्बरदेखि इरानमा देशव्यापी बनेको प्रदर्शनमा ती दुई अभिनेत्रीले समर्थन जनाएका थिए। जहाँ धार्मिक रित अनुसार हिजाब नपहिरिएको आरोपमा पक्राउ परेकी २२ वर्षीया माशा अमिनीको हिरासतमै मृत्यु भएपछि देशव्यापी रुपमा प्रदर्शन हुँदै आएको छ।

स्थानीय मिडियाका अनुसार टेलिभिजन सिरिजमा चर्चित अभिनेत्री रिआहीलाई आइतबार इरानी सुरक्षा फौजले पक्राउ गरेको हो। टिभी सिरिज ुजोसेफ द प्रोफेटु र ुद टेन्थ नाइटु साथै ुद लास्ट सपरु जस्ता फिल्ममा अभिनय गरी चर्चा कमाएकी अभिनेत्री रिआहीले अमिनीको मृत्युपछि आफ्नो इन्स्टाग्राममा स्कार्फ बिनाको एउटा भिडियो पोस्ट गरेकी थिइन्।

यस्तै “एज सिम्पल एज द्याटु, डेज अफ लाइफु” जस्ता फिल्ममा अभिनय गरेकी अभिनेत्री घाजिआनीले पनि आफ्नो इन्स्टाग्राममा गत शनिबार स्कार्फ बिनाको भिडियो सार्वजनिक गरेकी थिइन्। इन्स्टामा उनले आफ्नो भिडियो राख्दै उक्त भिडियो नै आफ्नो अन्तिम हुनसक्ने लेखेकी थिइन् । “यदि मलाई केही भयो भने, म मेरो अन्तिम स्वाससम्म सधैं इरानका जनताको साथ रहनेछु” उनले लेखेकी थिइन् ।

घाजिआनी भिडियो सार्वजनिक गरेको भोलिपल्ट नै सुरक्षा फौजबाट पक्राउ परेकी हुन्। उनीहरूलाई इरानी सुरक्षा विरुद्ध गतिविधि गरेको र इरानी शासनविरुद्ध प्रोपगान्डा फैलाएको आरोप लगाइएको छ।