UAE in crimeकाठमाडौ। संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा भोताङ– ८ सिन्धुपाल्चोककी २५ वर्षीया लप्साङ तामाङको गत मे २० मा हत्या भएको त्यहांस्थित नेपाली दूतावासले जनाएको छ। अबुधाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार तामाङको हत्यामा संलग्न आशंकामा भोताङ– ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ।

घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध नगराएको कान्तिपुर दैनिकको खवरमा रहेको छ। हत्या गरेको लप्साङको शव ‘इमिरेट्स हिलमा फेला परेको दूतावासले जनाएको छ। घरेलु कामदारको रूपमा कार्यरत बुले तामाङ लप्साङकै गाउँले हुन्। लप्साङ चार वर्षदेखि दुबईमा कार्यरत थिइन्।

पछिल्लो समय गत फेब्रुअरी १४ तारिख उनी के पप चिकेन कम्पनीमा सेल्स गर्लका रुपमा काम गर्न गएकी थिइन्। उनी त्यस कम्पनीका सञ्चालक कोरियन नागरिक लुको घरमा कार्यरत थिइन्। सीसीटिभीमा बुले तामाङसँगै घरभित्र गएको देखिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २२ गते सोमवार ।