London Crime 1लन्डन। बेलायतको राजधानी लन्डनको मध्य लन्डनमा शनिबार राति भएको दुई वटा आतङ्ककारी आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले आइतबार बाह्रजनालाई पक्राउ गरेको छ। पूर्वी लण्डनमा पक्राउ परेका उनीहरू विभिन्न स्थानमा शङ्कास्पद रूपमा भेटिएका थिए।

एएफपी र सिन्ह्वा समाचार एजेन्सीका अनुसार, उनीहरुको बारेमा कुनै कुरा खुलासा गरिएको छैन्। प्रहरीले थप शङ्कास्पद व्यक्तिको खोजिगरिरहेको बताइएको छ। शनिबार राति भएको दुई आक्रमणमा परी सात जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका प्रहरीले जनाएको छ।

घाइते सवैजनालाई उपचारार्थ विभिन्न पाँच अस्पतालमा भर्ना गरिएको छ । केही व्यक्ति सामान्य उपचारपछि घर फर्किएका छन् । घटनामा संलग्न भएका तीन जना संदिग्ध हमलाकारी प्रहरीको प्रत्याक्रमणमा मारिएका थिए।

बेलायतमा यसअघि केही दिन पहिले आयोजित साङ्गितिक साँझको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै म्यान्चेस्टरमा भयानक विस्फोट गरी २२ जनाको हत्या गरिएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २१ गते आइतवार ।