Kango Karagarकाठमाडौ। प्रजातान्त्रिक गणतन्त्र कंगोको एक कारागारमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ।

कंगोको उत्तरी क्षेत्रस्थित किबु प्रान्तको एक कारागारमा बन्दुकधारीको आक्रमणपछि ९ सयभन्दा बढी कैदी भागेका छन्। कारागारमा आक्रमण गर्नेहरुले ठूला हतियार प्रयोग गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

आक्रमणमा ज्यान गुमाउनेमध्ये ८ जना कारागारको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी हुन् । कसले आक्रमण गर्‍यो भन्ने खुल्न सकेको छैन।

कंगोको राजधानी किनशासामा गत महिना पनि कारागारबाट झन्डै चार हजार कैदीबन्दी भागेका थिए। (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल जेष्ठ २९ गते सोमवार ।