samraghi-rajya-laxmi-shah

काठमाडौ। नेपाल चलचित्र प्राविधिक संघले नेपाल बाहिर प्रवास दुबईमा आयोजित नवौ नेफ्टा अवार्डमा सर्वाधिक आकर्षणको केन्द्रविन्दू नवअभिनेत्री साम्रज्ञी राज्य लक्ष्मी शाह हुन पुगेकी छन्।

samraghi-rajya-laxmi-shah-1

भुवन केसीव्दारा निर्मित तथा निर्देशित चलचित्र ड्रिम्सवाट डेब्यु गरेकी अभिनेत्री शाहले दुवईमा नेफ्टा नवअभिनेत्री अवार्ड पाएकी हुन्। काठमाडौवाट दुवईमा अवार्ड पाउने पक्का–पक्की भएपछि मात्र दुवई गएकी अभिनेत्री शाहले त्यहाँ पाएको अवार्डको भन्दा पहिरेको पारदर्शी पहिरनको व्यापक चर्चा–परिचर्चा भएको छ।

अभिनेत्री शाहले बक्षस्थल नै खुल्ला देखिने अत्यन्त पारदर्शी पहिरनको प्रदर्शन गरिनु र सवैको नजर त्यसैमा परिनुले पनि दुवईमा टक अफ द टाउन बनेकी छन्। आफैले सम्हाल्न नसक्ने पहिरनमा देखिएकी शाह यसअघि आयोजना भएको कामना फिल्म अवार्डमा पनि त्यसप्रकारले प्रस्तुत बनेकी थिइन्।

कामना अवार्डमा भन्दा दुवईको नेफ्टा अवार्डमा अझ पारदर्शी पहिरनको कारण निक्कै खुलेकी थिइन्।
प्रकाशन मिति–२०७३ साल पुष १० गते आइतवार ।