Maa film 9मध्यपुर थिमी, भक्तपुर। एकाएक अविवाहिता नन्दलाई भुताल्दै चण्डालिनी भाउजुले घरबाहिर लिएर आउंदा छिमेकीहरु अलमलिन्छ। बुहारीले छोरीलाई त्यसरी घरवाट निकालेर जान दबाब दिदैगर्दा विवश आमा त्यो छोरीसंगै रुदै बाहिरिन तयार हुन्छे।

Maa film 7त्यतिवेला छोरा आएर आमा..आमा भनेर रोक्न खोज्दा श्रीमती त्यहाँ बाधक बनेर उल्टै श्रीमानलाई हकार्दा पाइला पछाडि पार्न विवश छोराको त्यो कथा अनि डरलाग्दी श्रीमतीको क्रुद्धता अनि पीडित त्यो आमा र बहिनीको डरलाग्दो कथा नै चलचित्र माँ को कथा बनेको देखिएको हो।

Maa film 2यही कथाको पटकथामा संवादसहित मध्यपुर थिमी नगरपालिकाको वडा नंबर ७ नगदेश स्थित लायकु गणेश टोलमा आयोजित कार्यक्रममा कलाकारहरुको जोडदार प्रस्तुति देख्दा सवैको आँखा रसाएको पाइयो। कतिको मन कटक्क दुःखेको पनि देखियो।

Maa film 1चलचित्र माँ..को शुभ–साइत कार्यक्रममा प्रमुख अतिथिको रुपमा त्यहाँ पुगेका मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ प्रमुख अतिथिको आसनवाट साइतको क्यामेरा स्वीचअन गर्दैथिए। क्यामेरामेन शैलेश डंगोलसंगै त्यो शुभ–साइतको दृश्य हेर्दा–हेर्दै मेयर मदन सुन्दर श्रेष्ठलाई पनि मन थाम्न गाह्रो भएको प्रतिक्रिया व्यक्त गर्दैथिए।

Maa film 11

Maa film 13 Maa film 12त्यति नै बेला प्रसिद्ध चलचित्र निर्देशक पवन जोशीले कट भनेपछि साइतको त्यो दृश्य संपन्न भएपछि सवैतिरवाट गडगडाहत ताली बजेको थियो। साइतको नरिवल फुटाल्ने कार्य नेपालभाषाका चर्चित कलाकार तथा निर्देशक सुरेन्द्र तुलाधर तथा क्ल्याप दिने कार्य नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न असंबरेवाट भएको थियो।

Maa film 14नेपालभाषाको प्रथम चलचित्र सिलुका प्रथम नायक जय महर्जन लगायतको उपस्थिति रहेको शुभ–साइतको कार्यक्रममा अभिनय गर्ने कलाकारहरुमा यासिना महर्जन, शशिकला मानन्धर, रजनी खड्गी तथा सुरज व्यञ्जनकार थिए।

यी चारैजना कलाकारको साइतको अभिनय बेजोड बनेको थियो। आमाको भूमिकामा रहेकी शशिकला मानन्धरको कारुणिक अभिनय र बुहारीको भूमिकामा रहेकी यासिना महर्जनको क्रुद्ध तथा डरलाग्दो अभिनयले सवैलाई तानेको पाइयो।

Maa film 4नेपालभाषाका प्राय चलचित्रमा नायिका बन्दैआएकी यासिना महर्जन पहिलो पल्ट यस चलचित्र माँ..मा खलनायिका बनेकी छन्। फरक भूमिकामा फरक प्रस्तुति दिनमा माहिर कलाकार यासिनाले यस भूमिकामा आफूले न्याय गर्ने सक्दो कोशिश गर्ने भिजन संसारसंगको कुराकानीमा भनेकी छन्।

Maa film 15चलचित्रको निर्माण तथा निर्देशन सुरेश खड्गीको रहेको छ। चलचित्र माँ..को चाँडै नै द्रुत गत्तिमा छायाँकन हुने निर्देशक खड्गीले बताएका छन्। चलचित्र माँ..को लेखन शंकर खड्गी, नृत्य निर्देशन विनोद बज्राचार्य तथा रमिता महर्जन र छायाँकन शैलेश डंगोलको हुने भएको छ।

Maa film 16प्रमुख अभिनय शुभ–साइतमा अभिनय गर्ने चार कलाकारकै रहने भएतापनि साथमा सुनिता श्रेष्ठ ठाकुर, शंकर खड्गी, उजय शाही, दर्शन शाही लगायतका कलाकारहरुको अभिनय रहने जानकारी पनि निर्देशक सुरेश खड्गीले भनेका छन्।

तस्वीर–श्याम स्मृत/भिजन संसार

Maa film 6प्रकाशन मिति–२०७४ साल भाद्र २९ गते विहीवार ।