Gigisha in Scotland 3

लण्डन। बेलायतका विभिन्न शहरमा सफलतापूर्वक मन्चन भैरहेको बहुचर्चित नाटक जीगिषा स्कटल्याण्डको एडिनबरामा मन्चन भएको छ।

Gigisha in Scotland 2

त्यहाँका २ सय नेपाली दर्शक माझ मन्चन भएको नाटक जीगिषा दर्शकहरुको माग बमोजिम बेलायतका विभिन्न शहरहरुमा मन्चन गरिने जानकारी नाटक जीगिषाका निर्देशक सनम कुमार बैरागले बताएका छन्। निर्देशक बैरागका अनुसार, नाटक जीगिषालाई नेपालमा पनि मन्चन गरिने योजना रहेको छ।

मार्च २७ का दिन एडिनबरामा मन्चन भएको नाटक जीगिषामा सुरेश श्रेष्ठ, सुस्मिता थापा, ध्रुब दत्त, प्रसुना कंडेल, मनिष कुमार श्रेष्ठ, विकेशराज बस्नेत लगायतका कलाकारहरुले अभिनय गरेका थिए। उनीहरुको जीवन्त तथा स्वभाविक अभिनयलाई एडिनबराका नेपालीहरुले अत्यन्त मन पराएको त्यहाँ स्थित समाचारदाताले भनेका छन्।

एडिनबरास्थित नेपाल स्कटल्याण्ड युथ ग्रुपको आयोजना तथा हिमालय वाइनको प्रायोजनमा नाटक जीगिषा मन्चन भएको थियो। निर्माता दिल घले, तेन्जी पाख्रिन र भिजन संसार रहेको छ। साउण्ड प्रमोद र संगीत अनि लाइट प्रभाव श्रेष्ठ, Stage : Amrit Gurung तथा साउण्ड इफेक्ट अभिमन्यु कुमार बैरागले दिएका थिए।

Gigisha in Scotland 1प्रकाशन मिति–२०७३ साल चैत्र २० गते आइतवार ।