काठमाडौ। बेलायतको रंगकर्म तथा उत्कृष्ट विज्ञापन निर्माण अनि निर्देशनमा अत्यन्त लोकप्रिय अभिनेता सनम कुमार बैरागले इतिहास रचिसकेका छन्। नेपाल वाहिर प्रवास बेलायतमा नेपाली रंगकर्मलाई उत्कृष्टता प्रदान गर्ने अग्रज रंगकर्मी बैराग निर्देशित दुई नाटक समय दृश्य र जीगिषाको बेलायतमा अभूतपूर्व मञ्चन हुनु नै नेपाली नाटकको इतिहासमा बेलायतमा नयाँ रेकर्ड हो।

Mr.Sanam Kumar Bairag-Vetran Artist of Nepal.

यस रेकर्डलाई प्रत्येक बर्ष नयाँ आयाम थप्ने अहोरात्र कठिन कार्यमा संघर्षशील अभिनय तथा निर्देशनका तपस्वी बैरागले हालै निर्देशन गरेको ए स्टार फिनान्सियल सोलुशन युके को विज्ञापन बेलायतमा सर्वोत्कृष्ट विज्ञापन नै मानिएको छ। यिनै अभिनेता तथा निर्देशक सनम कुमार बैराग अढाई दशकअगाडि आभाषको दोश्रो शेसनका विधार्थी हुन।

दीपेन्द्र गौचनको प्रशिक्षणमा त्यहाँ निर्देशन सिकेका थिए। आफ्नो प्रशिक्षण समयमा सामाजिक दायित्व अन्तर्गत धरहरा सम्वन्धी सामाजिक सजकतामा केन्द्रीत एक डकु–ड्रामा बैरागले त्यो बेला नै आफनै स्कृप्ट तथा निर्देशनमा तयार गरेका थिए भने व्यापारिक टेलि बिज्ञापन मदिरा व्याक पाईपर गोल्ड को विज्ञापनको स्कृप्ट र निर्देशन गर्ने कार्य समेत गरेका थिए।

त्यतिवेला अर्को टिमले चुरोटको र बैरागको टिमलाई मदिराको व्यापारिक बिज्ञापन बनाउने जिम्मा दिईयो। यस्तोमा टिममा भएकाहरु सबैले स्कृप्ट बुझाउनु पर्थ्यो। जस्को स्कृप्ट पास हुन्थ्यो, त्यसैमामा काम गर्नु पर्थ्यो । सामाजिक र व्यापारिक दुबै विधाको काममा बैरागकै स्कृप्ट पास भएकोले दुवै विज्ञापन बैरागको निर्देशनमा तयार भएको थियो। बिज्ञापन तयार भएपछि आभाषले रेडियो र टेलिभिजनका डिग्गजहरुलाई देखाउन आभाषमा बोलाएका थिए। दुवै टिमको विज्ञापन देखाईयो। दुवै विज्ञापनको व्यापक प्रशंशा भयो।

विज्ञापन उत्कृष्ट बनेकोमा बैरागलाई त्यो बेला दिएको बधाई अझै ताजा लागिरहेको छ। जसवाट आफू अत्यन्त खुशी भएको भन्दै बैरागले बताए–“म अति खुसी भए। अर्कोे नारी पुरुष बरावरी भन्ने गीतको भिडियोको स्कृप्ट पनि मेरै पास भयो तर हरेक पल्ट मैले मात्र नेतृत्व पाएकोले सरहरुले अरुलाई पनि मौका देउ सनम भनेकोले त्यो म्यूजिक भिडियोमा सहयोगी भएर काम गरे। त्यसपछि टेलिभिजनको लागि स्कृप्ट लेख्ने मौका पाए।”

Jeegishaa Drama by Sanam Kumar Bairag

बैरागव्दारा निर्देशित स्वयम्भूको आँखा, बाउको बिहे, सम्भव– असम्भव, यथार्थ यात्रा दर्जनौ टेलिसिरियल नेपाल टेलिभिजनबाट त्यो बेला नै प्रसारण भैसकेको छ। बैराग निर्देशित पिपलबोट, जीगिषा, ईतिहासको पाना पल्टीसकेको छ, विश्वको अधुरो उपन्यास, सम्हार हैन सम्भार गरौं सामाजिक चेतना दिने खालका नाटकहरु नेपालमा रहंदा नै मञ्चन भैसकेको छ। त्यो बेला मञ्चित जी टिभि कि एम टिभि र कालो रगत ले क्रमश प्रथम पुरस्कार र सान्तोना पुरस्कार जितेको त्यो इतिहास अझै जीवित रहेको छ।

Director Mr Sanam Kumar Bairag

सन् १९९७ मा फ्रान्सेली साँस्कृतिक केन्द्रबाट स्कलरशिप पाएर फ्रान्समा भाषा तथा थुप्रै वर्कशपमा सहभागी हुने मौका पाएको बताउंदै बैरागले आफूले त्यसपछि नेपालभाषाको अलावा नेपाली नाटकहरु अजात शत्रु, उदम्वरा, बौधिसत्व, पश्चाताप, बरालिएका पाईला, पाटनका बौद्धीक संघसंस्था संग आबध भएर काम गरेको भनेका छन्।

Drama Director Mr Sanam Kumar Bairag

स्टूडियो सेभेन, बज्र होटलमा जर्मनी डाईरेक्टर सबिना लेम्यानको निर्देशनमा अंग्रजी नाटक द टेम्पेष्ट, द ईन्सेक्ट प्ले मा महत्वपुर्ण भूमिका निर्वाह गरेको त्यो पललाई पनि बैरागले विर्सेका छैनन्। बेलायत आउनु भन्दा पहिले बी एस राणा निर्देशित बसन्तीमा बैरागले डम्बरेको भूमिका निर्वाह गरेर चर्चा बटुलेका थिए। टेलिभिजनको लागि जंगबहादुर र लौ न नी पहिलो श्रृंखलाको निर्देशन समेत गरेको बैरागले बताए।

यतिखेर बेलायतमा चर्चित नाटक समय दृष्य र जीगिषा को सफल प्रदर्शन गरेर रेकर्ड कायम गरिसकेका बैराग निर्देशित ए स्टार फिनान्सियल सोलुशन युकेको विज्ञापन चर्चामा छन् । पहिलो विज्ञापन केही समय अगाडि सार्वजनिक भैसकेको छभने, त्यसको दोश्रो विज्ञापन पनि सार्वजनिक भएको छ।


प्रकाशन मिति–२०७४ साल मंसीर २५ गते सोमवार ।