Balika Badhu pratusya.1काठमाडौ। भारतीय टेलिभिजनवाट प्रसारण हुनेगरेको बालिका बधु नामक चर्चित टेलिसिरियलकी चर्चित कलाकार प्रत्युषा बनर्जीले आत्महत्या गरेकी छन्।

शुक्रबार बनर्जीले आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेको भारतीय प्रहरीले पुष्टि गरेको छ। २५ बर्षिया कलाकार बनर्जीको हत्या या आत्महत्याको बारेमा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको अवस्था भएकोले यकिनकासाथ यसै भन्न नसकिने अवस्था रहेको बताइएको छ।

Balika Badhu Pratusha Banarji with Rahul

बनर्जीको प्रेमी राहुलराज सिंह भएको असमझदारी तथा झगडाको कारण बनर्जीले आत्महत्या गरेको हुनुपर्ने एकथरि भनिरहेका छन त कोही प्रेमी राहुलराजले प्लानअनुरुप बनर्जीको हत्या गरिएको हुनुपर्ने आँकन गरिएको पाइएको छ। यससंवन्धमा बनर्जीको प्रेमी भनिएका राहुलराजसंग पनि आवश्यक सोधपुछ गर्ने कार्य प्रहरीवाट भैरहेको छ। राहुलराजको अरु कुनै युवतीसंग प्रेम–चक्करका संवन्धमा दुवैवीच भनाभन तथा असमझदारी पैदा भएकोले त्यसप्रकारको घटना सिर्जना हुन गएको हुनुपर्ने प्रहरीको प्रारम्भिक रिपोर्ट रहेको छ।

Balika Badhu pratusya

बनर्जीले बीगबोस ७, इतना करो ना मुझे प्यार, कमेडी क्लासेस, झलक दिखला जा लगायतमा पनि अभिनय गरिसकेकी छन्। मृत्युको केही दिनअघिसम्म पनि भारतीय सिरियल ससुराल सिमरमा उनले काम गरिरहेको भारतीय समाचार एजेन्सीले बताएको छ। यसै बर्ष बनर्जी र राहुलको विहे गर्ने तयारी पनि थियो भनेर सोही एजेन्सीले भनेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र २० गते शनिवार ।