Tribhuwan International Airportकाठमाडौ। मानव तस्करको सेटिङमा फसेर खेलाडीका रुपमा रसिया हिँडेका १४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काइदिएको छ।

अन्नपूर्ण पोष्टका अनुसार,काठमाडौंस्थित रसियाली दूतावासबाट भिसा पाएका उनीहरुलाई विमानस्थल अध्यागमन कार्यालयले साउन २५ मा फिर्ता (अफलोड) गरेको हो। मानव तस्करले जनही कम्तीमा ३ लाख लिई ती युवालाई मस्को पुर्याउन सेटिङ गरेको स्रोतले बतायो।

मस्को पुगेपछि उतैका मानव तस्करलाई थप रकम दिएर अन्य युरोपेली देश छिराउने सर्त थियो। अध्यागमनले ती युवासँग राष्ट्रिय खेलकुद परिषदको पत्र नभएपछि अफलोड गरेको हो।

tribhuwan-international-airportप्रकाशन मिति–२०७४ साल भाद्र ७ गते बुधवार