Bishwo Pradhan News 2काठमाडौ। चितवनको नारायणगढ स्थित नारायणी कला मन्दिरले असंख्य कलाकार जन्माएका छन्। ती कलाकारले स्वदेश तथा विदेशमा ख्याति कायम गर्न सफलता प्राप्त गरेका छन्। ती कलाकार मध्येका एक लुकेका प्रतिभा विश्व प्रधानले दुई दशक पछि आएर एक पछि अर्को गरेर चमत्कार देखाउन थालेका छन्।

नारायणी कला मन्दिरवाट गायकको रुपमा त्यो बेला बेग्लै इमेज राखेका विश्व प्रधान केही समय सुस्ताएपनि उनीभित्रको प्रतिभा भित्र–भित्रै सुस्ताएन। गुम्सिएर विस्फोट हुने तर्खरमा थिए। त्यो विस्फोट गीत बनेर नै भयो। अनि गीतको प्रीत भएर नै केही दिनयता आयो। त्यो पनि आँखाको माया बोलको गीत भएर। यही युगल गीत गायिका निकिता थापासंग गाएर तहल्का नै मच्चाउने कार्य विश्व प्रधानवाट भएको छ।

Bishwo Pradhan News 1

ख्यातिप्राप्त संगीतकार अनिल शाहीको म्युजिक कम्पोजमा नविन श्रेष्ठको शव्द तथा संगीत रहेको यस गीतको भिडियोमा गायक विश्व प्रधान आफै नायक भएर थप आयाम थप्न सफलता प्राप्त गरेका छन्। कुनैबेला परशुराम चौधरी निर्देशित पराई भयो माया नामक थारुभाषाको चलचित्रमा सहनायक भएर अभिनय गरेका विश्व प्रधानले आँखाको माया बोलको गीतको भिडियोमा नायिका रक्षा श्रेष्ठसंग आगो बल्ने अभिनय गरेर सवैलाई चकित बनाइदिएका छन्।

विश्व प्रधानभित्रको अभिनयको आगो गीतको भिडियोमा आफै खेलेर भिडियोलाई रापिलो बनाउने कार्य भएको छ। भिडियो निक्कै राम्रो बनेको सवैको प्रतिक्रिया रहेको छ। जसलेगर्दा निक्कै नै हौसिएका गायक तथा नायक विश्व प्रधानले निर्देशनको यात्रा पनि तय गरिसकेका छन्। पचासको दशकको अत्यन्त चर्चित सांगीतिक ग्रुप प्रतिबिम्ब समूहका गायक पुन्यम प्रधानको जले–जले बोलको गीतको भिडियोको निर्देशन समेत गरेर थप चर्चा कायम गर्ने कार्य विश्व प्रधानवाट भैसकेको छ।

Bishwo Pradhan News 3

स्टेजका प्रोग्रामहरुमा मज्जाले गीत गाएर सवैलाई मन्त्रमुग्ध पार्ने यी गायकको हालसम्म चार गीत मात्र रेकर्ड भएका छन्। थोरैमा पनि धेरै राम्रा गीत गाउने गायक अनि नायक विश्व प्रधान गायन, अभिनय तथा निर्देशनमा अव भने कम्मर कसेर लाग्ने भएका छन्। यो जोशलाई निरन्तरता दिने प्रतिबद्धतामा पनि उनी रहेका छन्।

प्रस्तुत छ–गायक विश्व प्रधान र निकिता थापाको गायनमा विश्व प्रधानको आगो बल्ने अभिनय

प्रकाशन मिति–२०७४ साल असोज २५ गते बुधवार ।