Danhera Pursakarकाठमाडौ। बर्षेनी प्रदान गरिदैआएको दान्यहिरा पुरस्कार–११३५ नेपालभाषाका बरिष्ठ गायक एवम् कलाकार भृगुराम श्रेष्ठलाई प्रदान गरिएको छ। नेपालभाषा एकेडेमीले शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा कलाकार श्रेष्ठलाई नेपालभाषाको गीत–संगीतको क्षेत्रमा विशेष योगदान दिएवापत श्रेष्ठलाई उक्त पुरस्कार दिइएको हो।

लामो समयदेखि नेपालभाषाका गीत–संगीत तथा चलचित्रमा योगदान दिदैआएका पुरस्कृत गायक श्रेष्ठ बहुचर्चित नेपालभाषाको प्रथम चलचित्र सिलुकी नायिका नविना श्रेष्ठको पिता पनि हुन्। नेपाली चलचित्र उद्योगमा नायिका श्रेष्ठले चमत्कारी स्थान राख्दैआएको समयमा पचासको दशकमा निधन भएको थियो।

छोरीको निधनवाट केही समय बेचैन देखिएका गायक श्रेष्ठले संगीतलाई मल्हमको रुपमा लिएर नेपालभाषाको संगीत प्रवद्र्धनमा नै लागेर बेग्लै इतिहास कोर्न सफल बने। सोही योगदानको कदर भएकोमा श्रेष्ठले गर्ब महशुश गरेका छन्। समारोहमा दान्यहिरा सान्त्वना पुरस्कार संगीतकार जुगल डंगोललाई दिइएको छ।

प्रकाशन मिति–२०७२ साल पुष ४ गते शनिवार ।