काठमाडौ। अमेरिकाको न्यूयोर्क शहरमा लामो समय देखि बसोबास गर्दैआएका अभिनेता क्रिश थापाको यतिखेर व्यापक क्रेज बढ्ेको छ। न्यूयोर्कमा केही नेपाली म्युजिक भिडियोहरुमा फाट्टफुट्ट मात्र अभिनय गर्दैआएका अभिनेता क्रिशको क्रेज क्यानाडामा रहेका नेपालका कुनैबेलाका एक्सन हिरो ईश्वर थापाले निर्देशन गरेको पछिल्लो यो मनमा तिमी बोलको म्युजिक भिडियोमा अभिनय गरेयता बढ्ेको हो।
यस भिडियोको ड्रिम्स गेट नेपाल युट्युब च्यानलवाट प्रसारण भएपछि धेरैले तुलसी घिमिरेको सुपरहिट फिल्म दर्पण–छायाँका हिरो उत्तम प्रधानसंग दाँजिन थालेका छन्। क्रिशको अनुहार उत्तम प्रधानसंग मिलेको प्रतिक्रिया धेरैले व्यक्त गरेको पाइएको छ। अर्कोतर्फ भारतीय अभिनेता आदित्य पंचोलीसंग पनि क्रिशको अनुहारले मेल खाएवाट उनलाई आदित्य पंचोली पनि भन्न थालिएको छ।
![Vetran Actor & Director Ishwor Thapa](http://www.visionsansar.com/wp-content/uploads/2016/08/Ishwor-Thapa-2-1.jpg)
निर्देशक र्इश्वर थापाले बनाएको चलचित्र अमेरिकन बाबु मेड इन नेपाल मा पनि क्रिस को सानो भूमिका छ। त्यस क्रममा उनको अभिनय देखेर निर्देशक थापाले उनलाई यो मन मा तिमी भन्ने म्युजिक भिडियोमा रोमान्टिक भूमिकामा उतारे। र उनलाई एकदम सुहाएको प्रतिक्रिया आएपछि निर्देशक र्इश्वर थापाले निर्देशन गर्ने आगामी चलचित्रमा दुर्इ मध्ये एक एक्सन रोमान्टिक हिरोको रुपमा उतार्ने योजना गरेका छन्।
![Rising Star Mr. Krish Thapa in USA.](http://www.visionsansar.com/wp-content/uploads/2017/09/Krish-Thapa-2-1.jpg)
यसै क्रममा निर्देशक इश्वर थापालाइ प्रश्न गर्दा उनले भने–”क्रिश थापा हरेक एंगलबाट हिरो लाग्छ, उ डान्स गर्छ फाइट मा पर्फेक्ट छ साथै क्रिश भित्र अभिनय गर्ने आगो छ त्यसैले क्रिश थापा हरेक एंगल बाट हिरो लाग्छ।” निर्देशक थापाले चाँडै नै निर्देशन गर्ने हिन्दी गीत आँखोको तेरीमा पनि क्रिशलाई अभिनय गराउने पक्का गरेका छन्।
Music Video & film of Mr. Krish Thapa. now on youtube.
.
N
प्रकाशन मिति–२०७४ साल असोज ११ गते बुधवार ।