• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Entertainment

एक घण्टाको रेट तीन करोड

एक घण्टाको रेट तीन करोड
0
VIEWS

Aishwarya Rai Hotकाठमाडौ। भारतका प्राय सम्भ्रान्त बर्गमा कुनैपनि विवाह या उत्सवमा बलिउडका कलाकारलाई वोलाउने गरिन्छ । कलाकारलाई त्यसरी वोलाउन पाउदा उनीहरु गर्व गर्छन् । कलाकार पनि ती सम्भ्रान्तका पार्टीमा जान वढी रुचाउछन्।

यसो हुनुको एउटै कारण छ–त्यो हो, महंगो पारिश्रमिक पाउनु । विना पारिश्रमिक कुनैपनि बलिउडका कलाकार कसैका विवाह–उत्सवका पार्टी–विशेषमा जाँदैनन् । निम्तो–पत्र दिनासाथ उनीहरु आउंछ भनेर तपाई सोच्दै हुनुहुन्छ भने, त्यो सोच व्यर्थ जान्छ ।

निम्तो–पत्रका साथ बकाइदा तपाईले पार्टी विशेषमा कुनै कलाकारलाई वोलाउदा यति रकम पारिश्रमिक व्यवस्था गरिएको छ भनेर एग्रीमेन्ट पेपर समेत पठाउन नितान्त आवश्यक छ । बलिउडका नंबरी नायक शाहरुख खाँनलाई तपाई विवाह भोजको पार्टी विशेषमा वोलाउन तीन करोडको भारु चेक पनि पठाउनु पर्ने हुन्छ । शाहरुख यदि महंगो लागेमा उनको विकल्पमा अक्षयकुमारलाई वोलाउन चाहनु हुन्छ भने, उनलाई साढे दुई करोड दिए पुग्छ ।

Aishwarya Rai with Salman Khan 2

अक्षयकुमार पनि महंगो लागेमा सलमान खाँनलाई वोलाउन सकिन्छ । उनको रेट रहेको छ–डेढ देखि दुई करोड भारु । उक्त रकम पाएपछि सलमान पार्टीमा आएर रमाइलो मात्र नगरिकन आप्mनो सुपर–डुपर फिल्म डबाङको बेल्ट–डान्स पनि गरिदिन्छन् । त्यस्तै अर्का सुपरस्टार ऋतिक रोशनको साढे दुई करोड फिस रहेको छ।

बलिउडका नायकको तुलनामा नायिकाहरु विवाह–उत्सवका पार्टी विशेषमा जान त्यति रुचाउंदैनन् । प्राय ती पार्टी विशेषमा उट्पट्याङ फ्यान भेटिने गर्दछ । जसको कारण बलिउड नायिकाहरुले कतिपय बेला बेइज्जतीको सामना समेत गर्नु पर्ने हुन्छ । त्यसले गर्दा पनि नायकको तुलनामा बलिउड नायिकाहरुको पार्टी विशेषको फिस महंगो हुने गरेको छ । कैटरिना कैफ या करिना कपुर विवाह पार्टीमा गएवापत तीन करोड भारु लिन्छन् भने, प्रियंका चोपडा एक करोड भारुसम्म लिन्छिन्।

Rani Mukharjee preganentयी नंबरी नायिकाको अलावा राखी सावन्त, मलाइका अरोरालाई विवाहमा वोलाउन १० लाख देखि १५ लाखसम्म मात्र भारु भए पुग्छ । यी स्टार पार्टीमा आउंदैमा उनीहरु आयोजकले खोजेजस्तो सवथोक गर्छन् भन्ने छैन् । लाखौ–करोडौ फिस लिएतापनि यी स्टारहरु १० मिनेट देखि आधा घण्टा बढीमा पार्टीमा सामेल हुने गर्दछ र एक–दुईवटा फोटो खिचाउछन् । बलिउडमा स्टार भ्यालु निक्कै महंगो रहेको छ । सोही अनुरुप उनीहरुको डिमाण्ड पनि रहेको छ र सोही वमोजिम सरकारलाई महंगो कर तिर्न पनि उनीहरु सक्षम छन्।

नेपाली स्टार पनि पार्टी–उत्सवमा
बलिउडका स्टारहरुको विवाह–उत्सवका पार्टी विशेषमा जसरी डिमाण्ड चर्को रेट बढ्दै गएको छ । त्यसरी नै नेपाली स्टारहरुको पनि क्रमिक रुपमा बढ्ने क्रममा रहेको छ । विवाह–उत्सवका पार्टीमा नेपाली स्टारहरु फिस लिएर हालसम्म पुगेका छैनन् । तर, न्यू–इअर, क्रिसमस पार्टी विशेषमा फिस लिएर पुग्ने गरेका छन् । बलिउड स्टारको जस्तो चर्को रेट नेपाली स्टारहरुले लिन नपाएपनि एक–डेढ घण्टा उपस्थित भएर राम्रो पारिश्रमिक पाएर फर्केको उनीहरु नै बताउछन्।

Ram Pyari in Rekha Thapaबलिउडमा जस्तो नेपाली स्टारहरुले आफ्नो रेट आफैले तोक्न नसकेपनि साथीभाइको सिफारिसमा राजीखुशी लिने गरेको वताउछन् । जसले गर्दा ती पार्टीमा जांदा खासै रेट पाउने नगरेको नायिका उषा खरेलले वताएकी छन् । उषाले नेपाली स्टारहरुको रेट खुलाउन चाहिनन्। लाजमर्दो रेट सार्वजनिक गरेर हामी बेइज्जत हुन चाँहदैनौ भनेर उनले भनिन्।

पार्टी विशेषमा नाम चलेका नेपाली स्टार देखि नचलेका सवै जाने गरेको खुलासा भएको छ । भोजभतेरका उत्सव पार्टीमा भन्दा नेपाली स्टारले विदेशका स्टेज प्रोगामवाट भने, मनग्गे पैसा कमाउने गर्छन् । गायक–गायिका देखि नायक–नायिका तथा हाँस्य–कलाकारका राम्रो आम्दानी भन्नु नै विदेशको प्रोग्राम हो । विदेशको प्रोग्रामवाटै लोकदोहोरी गायिका निशा सुनार देखि हांस्य–कलाकार दीपाश्री निरौलासम्म मालामाल वनेका छन् ।
प्राय कलाकारले विदेशकै कमाईवाट स्वदेशमा कार तथा बंगलाको जोहो गर्न भ्याएका छन् ।

Rajesh Hamal & Madhu's Honymoon

नंवरी नायिका रेखा थापा, झरना थापा मात्र नभइकन नंवरी नायक राजेश हमाल पनि विदेशको प्रोग्राम भनेपछि मरिहत्ते गर्छन् । तीन वटा फिल्ममा तुरतुर पसिना चुहाएर महिनौ–महिना दिनरात नभनिकन गरेको कार्यको परिश्रमिक भन्दा विदेशमा एक–दुई घण्टा गरेको शोहरुवाट मनग्गे कमाई हुने भएपछि स्वभावत नेपाली स्टारहरु उत्तै जान मरिहत्ते गरेका हुन् ।

कमाईको अर्को नाम विज्ञापन
बलिउड रिटर्न नायिका मनिषा कोइरालाले होम टिभीको एक विज्ञापनमा अभिनय गरेवापत एक करोड लिएको खुलासा भएको छ । नेपाली प्रडक्टको विज्ञापनमा दिइएको उक्त रकम हालसम्मकै महंगो मानिएको छ । बलिउडको कुरा गर्ने हो भने, मनिषाको उक्त रेट न्यून नै मानिन्छ । होम टिभीको समकक्षी अर्को डिस टिभीको विज्ञापनमा देखिएका मह अर्थात मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यले अभिनय गरेको विज्ञापन मनिषाको तुलनामा निक्कै प्रभावकारी मानिएको छ । तर, महले मनिषाले जस्तो महंगो रेट पाउन नसकेको बताइन्छ ।

MaHa Jodi

पांच देखि दश लाखको हाराहारीमा पारिश्रमिक पाएको हुनुपर्ने स्रोतको दावी रहेको छ । महले जस्तै सर्वाधिक विज्ञापनमा अभिनय गर्ने नेपाली स्टारमा महानायक राजेश हमाल हुन् । हमालले चलचित्रमा भन्दा विज्ञापनमा अभिनय गरेर कुस्त कमाउन सफल वनेका छन् । नायिकामा नंवरी नायिका रेखा थापाले क्यालिवर रक्सीको एक विज्ञापनमा अभिनय गरेवापत पांच लाख पारिश्रमिक वुझेयता त्यो भन्दा महंगो विज्ञापन हालसम्म गर्न नपाएको थाहा भएको छ । नेपाली स्टारहरुको कमाईको अर्को माध्यम विज्ञापन पनि हुंदै आएको छ ।

नेपाली स्टारको रेट पनि करोड पुग्नेछ…..
नेपाली पप–संगीतमा गायक राजेश हमालको बेग्लै नाम रहेको छ । वि.सं. २०५२ सालवाट पप–गीत गायनवाट अगाडि बढ्ेका गायक हमालको गायनमा निरन्तरता कायमै रहेको छ । त्यसमाथि, सोही साल मेसेन्जर ब्याण्ड स्थापना गरेका हमालले मेसेन्जर–१ देखि भाग–३ सम्म एल्वम निकालिसकेका छन् । हालै मेसेन्जर भाग–४ पनि निकालेर देश तथा विदेशमा प्रोग्राम गर्दैआएका गायक हमाल रिभेल प्रा.लि. नामक कंपनीमा उनी अध्यक्ष तथा सीइओ रहेका छन् । हमालको रिभेल प्रा.लि.ले नेपाली स्टारहरुलाई विभिन्न सभा तथा समारोह अनि उत्सवमा उतार्ने कार्य गर्दै आएको छ । इभेन्ट म्यानेजमेन्टको कार्य गर्दै आएको रिभेल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हमालले विभिन्न उत्सवमा नेपाली स्टारहरुको निक्कै डिमाण्ड रहेको दावी गरेका छन् । उनै गायक हमालसँग यसै विषयमा आधारित भएर गरिएको छोटो–मिठो कुराकानी–

Rajesh Hamal singer in Red dress१. बलिउडका कलाकारको जस्तै नेपाली कलाकारको डिमाण्ड बढ्ेकै हो ?
– अवश्य पनि बढ्ेको छ । प्राय उत्सव तथा समारोहमा नेपाली कलाकारकै डिमाण्ड बढ्न थालेको छ। हामीलाई सकभर त्यस्ता प्रोग्राममा नेपाली चलचित्रका स्टारहरु नै चाहिन्छ भनेर भन्ने गरिएको छ । सोही बमोजिम नेपाली स्टारहरुलाई रिक्वेस्ट गरेर त्यस्ता प्रोग्राममा ल्याउने कार्य गर्दै आएका छौं ।

२. नेपाली स्टारहरुले बलिउडका स्टारले जस्तो पारिश्रमिक माग गरेका छन् त?
– नेपालमा भर्खर मात्र शुरुवात भएको कारण त्यस्तो डिमाण्ड चाहि आएको छैन् । निकट भविष्यमा आउने नै छन् । आउनु नै पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । यसप्रकारका प्रोग्रामले नेपाली स्टारहरुको आयमा अवश्य पनि बृद्धि ल्याउने छन् । नेपाली स्टारको बल्ल स्टारक्रेज शुरु भएको छ ।

३. बढी डिमाण्ड कुन–कुन नेपाली स्टारहरुको रहेको छ ?
– बढी डिमाण्ड त नायक राजेश हमाल, मह, रेखा थापा, झरना थापाहरुकै रहेको छ ।

४. उहाँहरुले त्यस्ता प्रोग्राममा सहभागिता जनाइसके त ?
– हाम्रो कंपनीवाट प्रयास जारी रहेको छ । उहाँहरुको व्यस्तताको कारण समय दिन सकिरहेको छैन्। निकट भविष्यमा अवश्य पनि आउनु हुनेछन् । बलिउडका कलाकारहरुको जस्तै उहांहरुको रेट लाखमा मात्र सिमित हुने छैन् । करोड पुग्ने छन् । त्यसवेला हामी अवश्य गर्व गर्न पाउने छौ ।

Singer Rajesh Hamal USA sammanit 2

प्रकाशन मिति–२०७२ साल फागुन ९ गते आइतवार ।

Tags: Rate of Film Artistएक घण्टाको रेट तीन करोड
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57944
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

12 March 2023
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023

Recent News

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

12 March 2023
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.