काठमाडौ। नेपालकी सदावहार अभिनेत्री करिश्मा मानन्धर यतिखेर आफ्नो फिल्मी करियरको पुस्ता हस्तान्तरणको तर्खरमा रहेकी छन्। जवान छोरी कविता मानन्धरलाई अमेरिकावाट नेपाल झिकाएर नेपाली फिल्ममा अभिनय गराउने सोच तथा लक्ष्य करिश्माले गरिसकेकी छन्।
![Come back Nepal: Karishma Manandhar with her lovely child Kabita.](http://www.visionsansar.com/wp-content/uploads/2017/02/Karishma-Manandhar-with-her-Daughtor-1.jpg)
यस लक्ष्य तथा सोचका कारण अमेरिकामा अध्ययनरत छोरी कवितालाई चाँडै नेपाल फर्कन करिश्माले सामाजिक सञ्जाल फेसबुक मार्फत शनिवार आव्हान गरेकी छन्। अमेरिकामा अध्ययनरत छोरी कविता अझै केही बर्ष नेपाल नफर्कने जस्तो कुरा गरेपछि छोरीको हद तथा जिद्दीले कायल बनेकी करिश्मा छोरीलाई सार्वजनिक रुपमा नै त्यसरी आव्हान गर्न बाँध्य बनेकी हुन्।
![Beautiful Mom with Daughtor: Kabita & Karishma.](http://www.visionsansar.com/wp-content/uploads/2017/02/Karishma-Manandhar-with-her-Daughtor-2.jpg)
तीन चलचित्र ढुकढुकी, बाबुसाहेव र फागु निर्माण गरिसकेकी करिश्मालाई यी चलचित्रवाट खासै व्यापारिक सफलता भने मिल्न सकेको छैन्। नयाँ पुस्ताको चाहना अनुरुप नयाँ चलचित्रको निर्माण गर्ने तथा त्यस चलचित्रमा छोरी कवितालाई नायिका बनाएर आफू केवल निर्माताको रुपमा प्रस्तुत हुन खोजेकी छन्।
![Mum & Child's Catwalk: Kabita & Karishma in Fashion Show in Nepal.](http://www.visionsansar.com/wp-content/uploads/2017/02/Karishma-Manandhar-with-her-Daughtor-3.jpg)
आफ्नै छोरीलाई नेपाली चलचित्र उद्योगमा आफूजस्तै हिट बनाउने लक्ष्य लिएकी करिश्मा आफूभने चलचित्रवाट राजनीतिमा सेफल्याण्डिङ्ग गर्ने प्रयासमा रहेकी छन्। डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपालवाट राजनीति प्रारम्भ गरिसकेकी करिश्मा प्रभावशाली नेताको रुपमा आफूलाई स्थापित गर्ने क्रममा रहेकी छन्। नेता भट्टराईले पनि करिश्मालाई पार्टीमा उच्चस्थान नै दिएका छन्।
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।