![Keki Karki with Priyanka Karki huging in Kohalpur Express.](http://www.visionsansar.com/wp-content/uploads/2017/10/Kekis-Kohalpur-Express-2.jpg)
काठमाडौ। हेर्दा–हेर्दै पुराना रंगकर्मी तथा निर्देशक बद्री अधिकारीकी सुपुत्री नायिका केकी अधिकारी पनि चलचित्र निर्माता बनेकी छन्। नपत्याउंदो तरीकाले एकाएक चलचित्र निर्माताको रुपमा देखा परेकी नायिका केकी अधिकारीले निर्माण गर्न लागेको चलचित्रको नाम नै कोहलपुर एक्सप्रेस राखिएको छ।
यसै चलचित्रबाट म्यूजिक भिडियोका हिट निर्देशक विशाल भण्डारीले निर्देशनमा डेब्यू गर्दैछन्। कार्तिक १३ गतेबाट छायांकन सुरु हुने चलचित्रमा केकी आँफै मुख्य भूमिकामा छिन्। केकी बाहेक प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको पनि प्रमूख अभिनय रहनेछ।
बाँकेको कोहलपुरमा छायांकन हुने यस चलचित्रमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत रहनेछ । केकीको होम प्रोडक्शन हाउस ‘जुनकिरी आर्टस्’ बाट निर्माण हुने यो चलचित्रमा केकीसँगै भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाईँ निर्माता रहेका छन्।
शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहने यो चलचित्रले तीन युवतीको कोहलपुर यात्राका क्रममा हुने घटना तथा परिघटनालाई कथावस्तु बनाएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक ६ गते सोमवार ।