चलचित्र कलाकारहरुको निर्वाचन–रोचक र रोमाञ्चकताको मिलन

0 minutes, 0 seconds Read

काठमाडौं। आज शनिबार नेपाल चलचित्र कलाकार संघको नयाँ कार्य समितिको निर्वाचन। काठमाडौंको भृकुटीमण्डप स्थित महेन्द्र पुलिस क्लबमा कलाकारहरु वीच व्यापक चुनावी लहर रहेको छ।

कलाकारहरु वीच भोट माग्ने र भोट दिन अनुरोध गर्दै गजबको माहोल सिर्जना भैरहेको छ। रमाइलो वातावरणमा चुनावी रन्को रहेको छ। अपरान्ह ४ बजेसम्म निर्वाचनमा मतदान गर्ने कार्यक्रम रहेको नेपाल चलचित्र कलाकार संघले जनाएको छ।

नयाँ अध्यक्ष पदका लागि कलाकार रविन्द्र खड्का र सरिता लामिछाने वीच प्रतिस्पर्धा रहेको छ। त्यस्तै, उपाध्यक्ष पदको लागि मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई, रेजिना उप्रेती वीच अर्को व्यापक प्रतिस्पर्धा रहेको छ।

महासचिव पदको लागि चेतबहादुर सिंह र संजय खतिवडा वीच भिडन्त छ भने सचिव पदका लागि कविता गेलाल शर्मा, राजकुमार शाह, पनाह अधिकारी वीच अर्को महा भिडन्त रहेको छ। कोषध्यक्ष पदमा भने सुनिल कटुवाल निर्विरोध भैसकेको छ। सह–कोषाध्यक्ष पदमा धनबहादुर बम्जन र पवित्रा आचार्य वीच भने निर्वाचन भैरहेको छ।

सदस्य पदका लागि श्यामकृष्ण श्रेष्ठ, धनराज केसी, लक्ष्मण चौलागाइँ, गोपाल ढकाल छन्दे, शीतल केसी, जिके श्रेष्ठ, सुदर्शन आचार्य, धर्मानन्द आचार्य, किशोर भण्डारी, रोहित रुम्बा, जयकिसन बस्नेत, पवनप्रसाद खतिवडा, उद्धवप्रसाद भट्टराई, शारदा नेपाल, माधव पौडेल, राजेन्द्र कुमार विसुराल, जीवन थापा वीच चौतर्फी प्रतिस्पर्धा रहेको छ। अर्थात नेपाली चलचित्रका कलाकारहरुको महेन्द्र पुलिस क्लबमा निर्वाचनको गजबको मेला रहेको छ। रोमाञ्चकता र रोजकताको मिलन भएको छ।
प्रकाशन मिति–२०७६ साल जेठ २५ गते शनिवार ।

Similar Posts