काठमाडौ। प्रतिभाले सधै आकाश मागिरहेको हुन्छ। त्यो आकाश दिन सकेमा त्यो प्रतिभाको प्रतिभाले संसारलाई नै उज्यालो बनाउने गर्दछ। त्यस्तै प्रतिभाहरुलाई उचित अवसर तथा उनीहरुको ट्यालेन्टलाई विभिन्न प्रोग्राम मार्फत मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टले गर्दैआएको छ।
विशेषत महिला तथा बालबालिकाका उत्कृष्ट ट्यालेन्ट प्रोग्राम गरेर अग्रपंक्तीमा देखा पर्दैआएको मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टले अव किशोर–किशोरीका प्रतिभालाई उजागर गर्नका लागि टीन स्टार नेपाल नामक प्रोग्राम गर्ने भएको छ। १३ बर्षदेखि १९ बर्ष उमेर समूहका टीनएजर किशोर–किशोरी वीच टीन स्टार नेपालमा हुने आयोजक मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टकी मेनेजिङ्ग डाइरेक्टर मोहना क्षेत्रीले भिजन संसारलाई भनेकी छन्।
![M/s Mohana Chhetri- CEO of Morning Glories](http://www.visionsansar.com/wp-content/uploads/2017/01/Mohana-Chhetri.jpg)
त्यसका लागि यही मार्च २५ र २६ दुई दिन सानेपाको इन्टरनेशनल क्लबमा अडिसन हुने र अडिसनवाट छानिएका किशोर–किशोरीहरुलाई अप्रिलको १ तथा २ तारिखवाट २० दिन ट्रेनिङ्ग दिइने र त्यसपछि फाइनल ग्राण्ड प्रोग्राम हुने जानकारी पनि मेनेजिङ्ग डाइरेक्टर क्षेत्रीले दिएकी छन्। जसमा विजेताहरुलाई थुप्रै गिफ्ट ह्याम्पर तथा नगद पुरस्कार हुने छन्। कोरियोग्राफी प्रसिद्ध कोरियोग्राफर कला सुव्वाका साथमा विपासना खनाल र प्ररोस्जेन राईको रहने भएको छ।
For More Details contact:
Morning Glory Entertainment
Kuleshwor, Kathmandu
Phone no : 9841750000, 9818113520
E: morninggloryentertainment@gmail.com
प्रकाशन मिति–२०७३ साल चैत्र ८ गते मंगलवार ।