काठमाडौ। नयाँ बर्ष नेपाल संवत ११३८ को अवसरमा शुभकामना सहित नेपालका जीवित देवी कुमारीहरुको विभिन्न चित्ताकर्षक तस्बीर अंकित क्यालेण्डर सार्वजनिक भएको छ। लामो समयदेखि फोटोग्राफी मार्फत पत्रकारिता गर्दैआएका दुई फोटोपत्रकार रेखा शाक्य तथा शरण डंगोलको अथक प्रयास अनि मेहनतवाट समाचारमूलक नयाँ बर्षको क्यालेण्डर प्रकाशनमा आएको हो।
विशेषत नेपालको जीवित देवी कुमारी भन्नाले काठमाडौको बसन्तपुर स्थित कुमारीघरका कुमारी मात्र भन्ने भ्रमलाई चिर्दै काठमाडौ बाहिर भक्तपुर, ललितपुर, नुवाकोट, पनौति, साँखु, किलागल, मखन, टोखा, बुंगमति लगायतका स्थानमा कुमारी तथा कुमारीप्रथा जीवित रहेको क्यालेण्डरमा ती कुमारीहरुको तस्बीरवाट सूचना तथा सन्देश दिने कार्य भएको छ।
![Vetran Photo Journalist M/s Rekha Shakya](http://www.visionsansar.com/wp-content/uploads/2017/10/Rekha-Shakya.jpg)
![Vetran Photo Journalist Sharan Dangol](http://www.visionsansar.com/wp-content/uploads/2017/10/Sharan-Dangol.jpg)
फोटोवाट फरक पत्रकारिता गर्न रुचाउने फोटोपत्रकार रेखा शाक्य र शरण डंगोलको यो दोश्रो प्रयास हो। यसअघि यी दुईको प्रयासवाट श्री पचली भैरव राजभण्डारी दुर्राइ गुठी फोटो किताब प्रकाशित भैसकेको छ।
दुःख गरेर संकलन गरेका फोटोहरुवाट नयाँ पुस्तालाई ऐतिहासिक समाचार संप्रेषण गर्ने आफूहरुको लक्ष्य तथा उदेश्य अनुरुप नयाँ बर्षको क्यालेण्डर निकालेको फोटोपत्रकार रेखा शाक्यले भनेकी छन्। यस्ता कार्यहरुमा आफूहरुको प्रयास निरन्तर जारी नै रहने र नयाँ–नयाँ कार्य गर्दैजाने प्रतिबद्धता पनि दुवैले व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७४ साल असोज २८ गते शनिवार ।