काठमाडौं। नेपालका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाललाई डेंगु रोग लागेर अस्पताल भर्ना भएका छन्। र्डेगु रोगवाट पीडित मन्त्री खनाल धापासी स्थित ग्र्राण्डी अस्पतालमा भर्ना भएका छन्।

बुधवार भर्ना भएका मन्त्री खनालको अवस्था त्यति आतिहाल्नुपर्ने नभएको मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले बताएका छन्। मंगलबारदेखि हल्का ज्वरो आएका मन्त्री खनाललाई बुधबारदेखि अस्पताल भर्ना गरिएको थियो। मन्त्री खनाल मंगलबार ज्वरो आएपछि निदान अस्पताल उपचारका लागि पुगेका थिए।

त्यहाँ डेंगुको शंका गरेपछि बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाएको थियो। अस्पताल उच्च स्रोतका अनुसार मन्त्री खनाललाई डेंगु नै लागेको देखिएको छ। ग्राण्डीअस्पताल स्रोतका अनुसार खनालको शारिरीक परीक्षणमा आएको रिपोर्टमा डेंगु नै भएको पाइएको छ।
प्रकाशन मिति–२०७६ साल भदौं १९ गते विहीवार ।