–सानुराजा पुरी
हेटौडा। प्रदेश नं ३ का मुख्य न्यायाधिवक्ता ओमप्रसाद थपलियालले मुख्य न्यायाधिवक्ताको आ.व.०७५/७६ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख अनुराधा कोइराला समक्ष पेश गरेका छन् । मुख्य मन्त्री माननीय डोरमणी पौडेल एवम अन्य मन्त्रीहरुको उपस्थितीमा प्रदेश प्रमुखको कार्यालयमा मुख्य न्यायाधिवक्ता थपलियाले बार्षिक प्रतिवेदन पेश गरेका हुन्।

न्याय प्रणलीमा निष्पक्षता, चुस्तता एवम अन्य न्यायिक चुनौतिका पक्षको चर्चा गर्दे दश बुदाँमा सुझावहरु रहेको एवम आगामी दिनमा मुख्य न्यायधिवक्ताको बार्षिक कार्ययोजना पनि दश बुदाँमा नै रहेको जानकारी पनि मुख्य न्यायाधिवक्ता थपलियाले दिएका छन्।

सविधानको धारा १६० मा प्रत्येक प्रदेशमा मुख्य न्यायाधिवक्ता रहने संवैधानिक व्यवस्था रहेको छ। मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवा शर्त सम्बन्धी ऐन २०७५ (प्रदेश नं ३) को दफा ११ ले मुख्य न्यायाधिवक्ताले आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गर्नु पर्ने व्यवस्था गरिएको छ।

प्रतिवेदनमा प्रदेश सरकारलाई आ.व. ०७५/०७६ मा संवैधानिक र कानूनी विषयमा दिएको राय सल्लाहको सक्षिप्त विवरण, प्रदेश सरकार वादी÷प्रतिवादी भई दायर भएका मुद्दा एवम प्रतिरक्षा गरिएका विषयहरुको सक्षिप्त जानकारी, मुद्दा मामिलामा गर्नु पर्ने सुधारका विवरण समावेस गरिएकोछ। साथै मुख्य न्यायाधिवक्ताको कार्यालयको संस्थागत विकासका लागि सुझवाहरु पेश गरिएको छ।
प्रकाशन मिति–२०७६ साल भदौं १९ गते विहीवार ।