• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Entertainment

नेपाली चलचित्रमा नेपालभाषी कलाकारको अतुलनिय योगदान–नेपालभाषी फिल्म फेस्टिबलमा सम्मान

नेपाली चलचित्रमा नेपालभाषी कलाकारको अतुलनिय योगदान–नेपालभाषी फिल्म फेस्टिबलमा सम्मान

Mr.Lajaw Singh-Chairman of Newa film Socity & 2nd Newa Film Socity Organiser.

7
VIEWS

काठमाडौ। नेपाली चलचित्रको ५२ बर्षको इतिहासमा भाषिक रुपमा नेपालभाषी कलाकारहरुको योगदान अत्यन्त अतुलनीय नै रहेको छ। विसं २०२२ सालमा निर्माण भएको नेपालको पहिलो चलचित्र आमामा आमाको प्रमुख भूमिकामा अभिनय गर्ने कलाकार नेपालभाषी चैत्यदेवी सिंह हुन्।

Chaitya Devi Singh-First Nepali Film Ama's Ama Artist.
Chaitya Devi Singh-First Nepali Film Ama’s Ama Artist.

सोही चलचित्रका नायक शिवशंकर मानन्धर पनि नेपालभाषाी नै हो। अर्कोतर्फ पहिलो रंगीन नेपाली चलचित्र कुमारीकी नायिका आमाकी आमा चैत्यदेवी सिंह हुन। अर्कोतर्फ व्यावसायिक रुपमा अत्यन्त चर्चित चलचित्र सिन्दूरकी नक्कली बसुन्धरा भुसाल तथा जीवन–रेखाका नायक शिव श्रेष्ठ पनि नेपालभाषी नै हुन्। खोजी गरेमा यस्ता धेरै नेपालभाषी कलाकारहरु भेटिन्छन्। र उनीहरुले नेपाली चलचित्रको लिडिङ नै गरिरहेका छन्।

Mr.Lajaw Singh-Chairman of Newa film Socity & 2nd Newa Film Socity Organiser.
Mr.Lajaw Singh-Chairman of Newa film Socity & 2nd Newa Film Socity Organiser.

भाषिक रुपमा तिनको खोजी हुनु आवश्यक भैसकेको नेवाः फिल्म सोसाइटीव्दारा शुक्रबारवाट काठमाडौमा आयोजित दुई दिने नेवा फिल्म फेस्टिबलमा प्रस्तुत डकुमेन्ट्रीले आवाज बुलन्द गरेको छ। नेपालभाषाका सशक्त संचारकर्मी बिराजकाजी राजोपाध्यायको उदघो्षण तथा आयोजक नेवाःफिल्म सोसाइटीका अध्यक्ष लुजःसिंह निर्माण तथा सम्पादन अनि प्रस्तुतिमा प्रस्तुत डकुमेन्ट्रीमा नेपाली चलचित्र निर्माणको २० बर्षपछि नेपालभाषाको चलचित्र निर्माण भएको उल्लेख रहेको छ।

First Nepal Bhasha Film SILU
First Nepal Bhasha Film SILU

विसं.२०४२ सालतिर निर्माण भएको चलचित्र सिलु नै नेपालभाषाको पहिलो चलचित्र हो। जसमा जुजुभाइ महर्जन र नविना श्रेष्ठको प्रमुख भूमिका रहेको छ। निर्देशन प्रदीप उपाध्यायले गरेका हुन्। सिलु नेपालभाषी तथा गैरनेपालभाषीहरुले अत्यन्त मन पराएको चलचित्र हो। सिलु निर्माण भएर प्रदर्शन भएको २० बर्षपछि बल्ल अर्को नेपालभाषाको चलचित्र राजमति निर्माण भयो।

2nd Nepal Bhasha Film RAJAMATI
2nd Nepal Bhasha Film RAJAMATI

हिसिला महर्जन, श्रीकृष्ण श्रेष्ठ, मणिराज लवट लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रको निर्देशन नीर शाहले गरेका हुन्। अत्यन्त कलात्मक चलचित्र राजमतिको पनि निक्कै चर्चा तथा परिचर्चा भएको थियो। नेपालभाषाका यी दुई चलचित्र निर्देशन गर्ने दुवै निर्देशक प्रदीप उपाध्याय तथा नीर शाह गैरनेवार थिए। सिलु र राजमतिको त्यो इतिहासलाई नेपालभाषामा निर्माण गरिएका केही भिडियो चलचित्रले निरन्तरता दिने कोशिश भएतापनि खासै उपलव्धी भने भएको थिएन।

Bala Mayaju Awarded 1

पछिल्लो दशकमा बाँला मयजु, पानवती, चण्डालिका, तुयुमति जस्ता नेपालभाषाका चलचित्र निर्माण भएपछि निरन्तरता पाएको महशुश गरिएको छ। यसवीचमा सयौं नेपालभाषाका चलचित्र निर्माण भएतापनि चलचित्र प्रदर्शन गर्नका लागि हल नपाउंदा तथा ती चलचित्रको प्रवद्र्धन गर्नका लागि आधिकारिक निकाय नहुंदा केवल सीडी तथा भीसीडीमा सिमित रहिरहेको अवस्था रहेको छ।

यस अवस्थालाई दूर गर्न गठित नेवाःफिल्म सोसाइटीले यो बर्ष दोश्रो नेपालभाषाको फिल्म फेस्टिबल गरिएको जानकारी आयोजक नेवाःफिल्म सोसाइटीका संस्थापक अध्यक्ष लुःज सिंहले बताएका छन्। शुक्रबारको पहिलो दिन जापानमा दुई दशकअघि नै पुरस्कृत बन्न सफल नेपालभाषाको जातिय विभेदको उत्कृष्ट चलचित्र पखाः विशेष प्रदर्शन गरिएको थियो। त्यसपछि व्यावसायिक चलचित्र थम्हःम्हुगुःगाः प्रदर्शन गरिएको थियो।

Mr.Suresh Khadagi & Mr.Rabindra Shahi-Producer & Director of film Thamaha Mhugu Ga
Mr.Suresh Khadagi & Mr.Rabindra Shahi-Producer & Director of film Thamaha Mhugu Ga

सुरेश खड्गीको निर्माण तथा रविन्द्र शाहीको सशक्त निर्देशन रहेको चलचत्रि थम्हःम्हुगुःगाःमा किशोर शाही, रुबिना महर्जन,मीरा माली, सुरेन्द्र केसी मुलाःसाग जस्ता कलाकारहरुको अभिनय रहेको छ। बर्तमान सामाजिक यथार्थपरक कथामा आधारित चलचित्र थम्हःम्हुगुःगाःले आफैले खनेको खाल्डोमा आफू नराम्ररी फस्दा अरुले फाइदा लिएको अनि आफ्नो धन तथा परिवार ध्वंस्त बनेको कथाको तानाबुना बुनिएको छ। जुन उत्कृष्ट सामाजिक सन्देश मानिएको छ।

Mr.Rajesh Man Sing (Producer & Director of Film CHANDRA Man) & Mr.Suresh Khadagi-(Producer of Film Thamha Mhugu Ga)
Mr.Rajesh Man Sing (Producer & Director of Film CHANDRA Man) & Mr.Suresh Khadagi-(Producer of Film Thamha Mhugu Ga)

त्यसको अलावा कल्लि र चन्द्रमान नामक दुई नेपालभाषी चलचित्र प्रदर्शन गरिएको हो। शनिवारको दिन समापन समारोहमा नेपालको प्रथम चलचित्र आमाको आमा चैत्यदेवी सिंह र कमेडी किङ मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान प्रदान गर्ने भएको छ। साथमा चार चलचित्र कथंह, तापलय,लिधंसा र तिन तिकः महाविकः प्रदर्शन गरिने भएको छ।

Madan Krishna Shrestha-Vetran Comedian Artist of Nepal
Madan Krishna Shrestha-Vetran Comedian Artist of Nepal

प्रकाशन मिति–२०७४ साल कात्तिक १० गते शुक्रबार ।

Tags: Newa Film FestivalNewa Film Societyनेपाली चलचित्रमा नेपालभाषी कलाकारको अतुलनिय योगदान–नेपालभाषी फिल्म फेस्टिबलमा सम्मान
Share3
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59704
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

31 May 2023
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

23 April 2023
हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

23 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.