नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपाल अव सिधै युट्युवबाट विश्वव्यापी रिलिज (With Full Movie)

0 minutes, 7 seconds Read

काठमाडौं। अमेरिकावाट निर्माण भएको बहुचर्चित नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपाल सिधै अव युट्युवबाट विश्वव्यापी रिलिज भएको छ। अमेरिकन बाबु मेड इन नेपालको आधिकारिका युट्युव च्यानल ड्रिम्स गेट नेपालवाट रिलिज भएको हो।

नेपालका हलवाट रिलिज गर्ने चाहना र सोच हुंदाहुदैपनि रिलिज गर्न नसकेपछि सवैको अनुरोध बमोजिम युट्युवबाट विश्वव्यापी रिलिज गरिएको जानकारी चलचित्र अमेरिकन बाबु मेड इन नेपालका निर्देशक ईश्वर थापाले दिएका छन्। निर्देशक थापाका अनुसार, चलचित्र अमेरिकन बाबु मेड इन नेपालको च्यारिटी प्रदर्शन अमेरिका, क्यानडा र नेपालमा भैसकेको छ। अमेरिका र क्यानडामा यस चलचित्रलाई अत्यन्त रुचाइएको छ।

चलचित्र अमेरिकन बाबु मेड इन नेपालका निर्माता तथा निर्देशकहरु यतिखेर अमेरिका तथा क्यानडामा रहेको कारण नेपालका चलचित्र हलवाला तथा वितरकहरुसंग बारम्बार संपर्कमा रहन नसक्नु र उनीहरुले भनेजस्तो गर्न नसकेको कारणवाट सहज ढंगवाट युट्युवबाट रिलिज गर्नु परेको जानकारी समेत निर्देशक थापाले दिएका छन्।

चलचित्र अमेरिकन बाबु मेड इन नेपालको लगानी ८० प्रतिशत अमेरिका तथा क्यानडावाट उठाइसकेको भनाई पनि निर्देशक थापाको रहेको छ। ड्रिम्स गेट नेपालको व्यानरमा राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालमा बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, ईशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अन्जली लामा, प्रवेश उप्रेती पल, प्रियंका ऐएर, रघु गिरि, जंगबु शेर्पा, सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।
प्रस्तुत छ–नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपाल

प्रकाशन मिति–२०७५ साल चैत्र २१ गते विहीवार ।

Similar Posts