ललितपुर। कोरोनाको दोश्रो चरणको महामारीमा दिनरात नभनिकन अहोरात्र खट्ने प्रहरीहरुका लागि मास्क, फेस सिल्ड र सेनिटाइजर वितरण गरेको छ। हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको अगुवाइमा प्रहरीहरुलाई मास्क, फेस सिल्ड र सेनिटाइजर वितरण गरेको हो।

ललितपुर स्थित पुल्चोक प्रहरी बृतमा लामा सहित सुरज खड्गी, आइते सिंह लामा र रोशन श्रेष्ठ संलग्न सामाजिक अभियन्ताहरुको टीमले १ हजार मास्क, १३० पिस फेस सिल्ड र ५ लिटर सेनिटाइजर वितरण गर्ने कार्य भएको छ। पुल्चोक प्रहरी बृत प्रहरी प्रमुख किसन बस्नेतलाई ती सामाग्री हस्तान्तरण गर्ने कार्य भएको जानकारी हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामाले भिजन संसार डटकमलाई दिएका छन्।

प्रहरी प्रमुख बस्नेतले स्वास्थ्य सामाग्री सहयोग प्रदान गर्ने सवैलाई धन्यवाद दिदै आफू मातहतका प्रहरीहरुलाई सुरक्षित वनाउन प्राप्त स्वास्थ्य सामाग्री वितरण गरिने वताएका छन्। कोरोनाको कहरमा मास्क, फेस सिल्ड र सेनिटाइजर नै हालको लागि कोरोनावाट बच्ने प्रभावकारी उपाय हो। यस कार्यलाई आफूले अमेरिकादेखि नेपालसम्म पनि सामाजिक सचेतना र सेवाको रुपमा अगाडि बढाएको जानकारी केन्द्रिय अध्यक्ष लामाले बताए।

प्रकाशन मिति–२०७८ साल बैशाख २४ गते शुक्रवार ।