काठमाडौ। नेपालका बरिष्ठ नृत्य निर्देशक भैरबबहादुर थापालाई भव्य रुपमा सम्मान गरिएको छ। नृत्य निर्देशक संघ नेपालले विहीवार आयोजना गरेको भव्य तथा सभ्य सम्मान कार्यक्रममा ८५ बर्षिय बरिष्ठ नृत्य निर्देशक थापालाई नगद २५ हजारसहित सम्मान गरिएको हो।
९७ बर्षिय नेपालका शताव्दी पुरुष एवम् बरिष्ठ संस्कृतिविद् डा.सत्यमोहन जोशीले नृत्य निर्देशक थापालाई सम्मान गरेका हुन्। सम्मान समारोहमा सम्मानित व्यक्तित्व थापाले आफूलाई पहिलो पल्ट यसरी भव्य तथा सभ्य रुपमा नृत्य निर्देशकहरुको छाता संगठनले सम्मान गर्दा अत्यन्त खुशी लागेको प्रतिक्रिया व्यक्त गरेका छन्।
प्रमुख अतिथि सत्यमोहन जोशीले सही मान्छेको सही पहिचान गरेर नृत्य निर्देशक थापाको सम्मान भएको बताए। सम्मान कार्यक्रम पश्चात नेपालका ऐतिहासिक देखि आधुनिक नृत्यहरु समेत विभिन्न संघ–संस्था तथा व्यक्ति–विशेषले धमाकादार नृत्य तथा गीत प्रस्तुत गरेका थिए।
![Gold Meadalist Dancer Swojan Raghubanshi & His Team's Bharat Natyam Dance](http://www.visionsansar.com/wp-content/uploads/2017/03/Bhairab-Samman-3.jpg)
आयोजक नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवन श्रेष्ठले सवै संघका साथीहरुको साथ–सहयोग र शुभेच्छुकहरुको कृपाको कारण संघको पहिलो कार्यक्रम अभूतपूर्व रुपमा सफल भएको बताए।
प्रकाशन मिति–२०७३ साल चैत्र ११ गते शुक्रबार ।