बलिउड अभिनेत्री माधुरी दीक्षित गंभीर विरामी–उपचार्थ अमेरिकामा

0 minutes, 0 seconds Read

काठमाडौ। बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित गंभीर विरामी परेको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेका छन्। गंभीर विरामी भएकै कारण एकाएक उपचार गर्नको लागि अमेरिकातिर प्रस्थान गरेको भारतीय समाचार माध्यमहरुले पुष्टि गरेका छन्।

Madhuri Dixiti

एक्कासी काँध दुख्ने समस्याले थला नै परेपछि माधुरी अमेरिका गएकी हुन्। लामो समय अमेरिका नै बसोबास गरेर केही बर्ष मात्र मुम्वई फर्केकी माधुरीको श्रीमान डाक्टर श्रीराम नेने अमेरिकामा नै कार्यरत रहेकोले श्रीमानको सल्लाह बमोजिम नै उपचारको लागि अमेरिका पुगेकी हुन्।

१६ बर्षअघि डाक्टर नेनेसंग विवाह पश्चात श्रीमानसंगै अमेरिका बस्दैआएकी माधुरी पाँच बर्षयता मात्र दुई छोराहरु रियान र आरिनलाई लिएर गृहनगर मुम्बई बलिउड फर्केकी थिइन्।

अमेरिकावाट मुम्वई फर्केपछि फिल्ममा भन्दा बढी टेलिभिजनका रियालिटी शोहरुमा व्यस्त बन्ने गरेकी माधुरीको झलक दिखला जा रियालिटी शो अत्यन्त लोकप्रिय मानिन्छ। जुन भारतीय टेलिभिजन कलर्शमा प्रसारण हुने गर्छ। यसैवीच दुई हिन्दीफिल्म डेढ इस्किया र गुलाबी ग्याङ्गमा माधुरीले अभिनय गरेर सवैको वाहवाही पाएकी थिइन्।
प्रकाशन मिति–२०७३ साल भदौ २० गते सोमवार ।

Similar Posts