![Dasing Singer Anzala Nakarmi singing...Maya garchhu timilai sadhaibhari.....](http://www.visionsansar.com/wp-content/uploads/2016/11/Anzala-Nakarmi-song-4.jpg)
काठमाडौ। नेपाली सुगम संगीतको क्षेत्रमा सवैको मनमा बस्न सफल संगीतकार मनराजा नकर्मीको माहिली छोरी अञ्जला नकर्मी पनि गीत गायन क्षेत्रमा लागेकी छन्। निक्कै नै प्रभावशाली स्वरकी धनी अञ्जलाको आवाजमा गजबको जादु पाइएको छ। अञ्जलाले पछिल्लो पल्ट प्रसिद्ध संगीतकार हरिशरण सायमीको काठमाडौको अनामनगरस्थित स्ट्रिङ्ग रेकर्डिङ्ग स्टुडियोमा माया माया गर्छु तिमीलाई सधैभरि–माया माया तिम्रो मायामा हराउछु, यादमा विलाउंछु बोलको गीत रेकर्ड गराएकी छन्।
![Musician Manju Nakarmi, Singer Anzala Nakarmi & Music Arranger cum Recordist Hari Sharan Sayami](http://www.visionsansar.com/wp-content/uploads/2016/11/Anzala-Nakarmi-song-3.jpg)
जुन गीत निक्कै राम्रो तथा क्याच्ची देखिएको छ। सवै स्रोताले मन पराउने खालको यस गीतमा गायिका अञ्जला नकर्मीको हच्की तथा बेग्लै स्टाइलको गायन कलाले गीतलाई बेजोड बनाएको छ। गायिका अञ्जलाको फुपु संगीतकार मञ्जु नकर्मीको शव्द तथा संगीत र हरिशरण सायमीको म्युजिक एरेञ्ज रहेको यस गीतको प्रमोटर प्रतिक श्रेष्ठ रहेका छन्।
![Anzala Nakarmi with Manju Nakarmi & Pratik Shrestha](http://www.visionsansar.com/wp-content/uploads/2016/11/Anzala-Nakarmi-song-2.jpg)
यस गीतलाई चाँडै नै रिलिज गर्ने क्रममा रहेकी गायिका अञ्जला नकर्मीले यसअघि नेपालभाषा र नेपाली भाषाका आधा दर्जन गीत गाइसकेकी छन्। नेपालभाषा र नेपाली भाषाका केही गीतका भिडियोमा पनि अञ्जलाले अभिनय पनि गरिसकेकी छन्। अव भने अभिनय कम र बढी मात्रामा गीत नै गाउने सोच अन्जलाको रहेको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर ७ गते मंगलवार ।