मिसेस नेपाल ग्रान्डले विवाहिता महिलाहरुलाई सेलिब्रेटी बनाउने

0 minutes, 0 seconds Read

काठमाडौं। विवाह पछि महिलाहरु घर तथा कार्यालयको काम काजमा सिमित हुनुपर्ने अबस्था छ। यो अबस्थाबाट माथि उठाएर सेविब्रेटी बनाउने प्रमुख उदेश्यकासाथ यल मिडियाले गतवर्षजस्तै यो बर्ष पनि मिसेस नेपाल ग्रान्ड गर्ने भएको हो।

विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अबसरका लागि ‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’ आयोजना हुन लागेको आयोजकको जिकिर रहेको छ। आयोजक संस्था यल मिडियाकी अध्यक्ष रमी श्रेष्ठका अनुसार यो प्रतियोगिताले हरेक महिलालाई सेलिब्रेटी बनाउन मदत गर्नेछ।

५० वर्ष ननाघेका जुनसुकै उमेरका विवाहित महिलाले भाग लिन पाउने पनि आयोजक श्रेष्ठको भनाई रहेको छ। जेठको पहिलो साता र दोश्रो साता अडिसन हुने र त्यसपछि प्रशिक्षण शुभारम्भ हुने भएको छ। असारमा भव्य समारोहबीच मिस नेपाल ग्रान्ड–२०१९ चयन गरिने भएको छ।


प्रकाशन मिति–२०७६ साल बैशाख २ गते विहीवार ।

Similar Posts