काठमाडौ। चर्चित चलचित्र पत्रकार डब्बु क्षेत्रीको पहिलो कथा सँग्रह नमस्ते काठमान्डू सार्वजनिक भएको छ । काठमाडौको कालिकास्थान स्थित सर्वनाम थियटरमा शनिबार त्यहीका कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै नयाँ सोच तथा तरीकाले पुस्तक सार्वजनिक गरेका हुन्। कथा सँग्रहका कथाको भाव समेटेर बनाईएको गीत नमस्ते काठमान्डू पनि सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो।
![Story Writer Dabbu Chhetri](http://www.visionsansar.com/wp-content/uploads/2017/05/Namaste-Ktm-2.jpg)
संगीतकार जुगल डँगोलको सँगीत र सन्देश पाठकको स्वरमा रहेको उक्त गीतमा कथाका सबै शिर्षक र भाव समेटिएको थियो । राज शाहको निर्देशनमा सर्वनामका कलाकारहरुले सबै कथाको भाव झल्कने गरी अभिनय प्रस्तुत गर्दा हेर्ने दर्शक अवाक बनेका थिए।
पुस्तक लोकार्पण पछि सो कथासँग्रहमाथि अन्तरक्रिया समेत भएको थियो । लेखक सचिन घिमिरेले सहजीकरण गरेको सो अन्तरक्रिया कार्यक्रममा दुई नायिका ऋचा शर्मा र जया ओझालाई नारीको अति संवेदनशील अंग स्तनलाई भोगटेको रुपमा व्याख्यान गरेको कुरामा प्रतिकार जनाउन ठूलै कसरत गर्नुपरेको थियो।
आँगिक रुपमा नारीका शारीरिक अंगहरुलाई मृगनयनी, बाँरुल्ले कम्मर जस्ता आंगिकरण गरिने सामाजिक परम्परा भएतापनि स्तनलाई कथा संग्रह नमस्ते काठमान्डुमा भोगटे उल्लेख भएपछि त्यसको असहमति जनाउने कार्य ऋचा शर्मावाट भयो। भोगटेको सट्टा बरु, स्तन या बक्षस्थल भनेर उल्लेख गरेको भए, त्यति अश्लिल तथा छाडा नहुने राय प्रकट गरेकी थिइन्।
![Richa Sharma](http://www.visionsansar.com/wp-content/uploads/2017/05/Richa-Sharma.jpg)
नेपाली समाजमा यस्ता आँगिक अश्लिल शव्दहरु प्रयोग हुने गरेको भएतापनि त्यसमा सच्याउन बौद्धिक बर्ग क्रियाशील बन्नुपर्ने तर्क राख्दै यौन र प्रेम दुवै आवश्यकता भएको कुरामा जोड दिएकी थिइन्। हुन त डब्बु क्षेत्रीव्दारा लिखित नमस्ते काठमान्डू कथा संग्रह यौन कथा संग्रह जस्तो देखिएतापनि यस कथा संग्रहमा अश्लिलता आफूले पटक्कै नपाएको तर्क अर्की नायिका जया ओझाको छ।
![Jaya Ojha](http://www.visionsansar.com/wp-content/uploads/2017/05/Jaya-Ojha.jpg)
सवैखाले यौन उपन्यास आफूले पढ्ेको र त्यस्ता उपन्यासले यौनप्रति तृष्णा तथा वितृष्णा जगाउने बाहेकको अरु नयाँ कार्य गर्न नसकेको जिकिर नायिका ओझाको रहेको छ। अहिलेको २१ औं शताव्दीको आधुनिक युगमा पहिला जस्तो यौन र प्रेमलाई छोप्नुपर्ने परम्परागत धारणाको विरुद्ध आफू रहेको स्वीकारेकी छन्।
कथाकार क्षेत्रीको कथा संग्रह नमस्ते काठमान्डूमा यौन पछिको प्रेमलाई बढी दर्शाउने कोशिश भएको छ। जुन कुरालाई कथाकार क्षेत्री आफूले नै भोगेको यथार्थतालाई मनोबैज्ञानिक ढंगवाट सजीव पात्रहरुको माध्यमवाट प्रस्तुत गर्ने कार्य आफूले गरेको खुलासा गरेका छन्।
पत्रकार यज्ञशले सञ्चारकर्मी डब्बु क्षेत्री लामो समयदेखि पत्रकारितामा आबद्ध भएको र सँग्रहका कथामा पत्रकारिताको लेखन शैली झल्किएको बताए । कथाहरुमा नयाँ प्रयोग गरिएको बताउँदै समाजका बर्ग अनुसारको यौन अबस्था र त्यसको स्थितिलाई कथामा समेटिएको उनले बताए।
डब्बु क्षत्रीले कथामा आफ्नो छुट्टैपन बनाएको पनि यज्ञशले बताए । समाजका विभिन्न बर्ग, धर्म, भाषा, लिँगलाई टिपेर कथामा उनिएको भन्दै यज्ञशले कथाहरु सबै बर्गका लागि लेखिएको बताए । नमस्ते काठमाडौंका कथाहरुलाई यौन अस्लिलता नभएर यौन बिद्रोहको रुपमा लिन सवैलाई कथाकार क्षेत्रीले आग्रह समेत गरेका छन् । समाजमा जे देखेको त्यही घटनालाई कथामा बुनेको पनि क्षेत्रीको भनाई रहेको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ ६ गते शनिवार ।