काठमाडौ। गणतन्त्र आएपछि नेपालको राष्ट्रपति भवन शीतल निवासमा नछिरेका पूर्वराजा ज्ञानेन्द्र शाह सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहमा सरिक हुंदा सोही निवासमा आफ्नो पनि विवाह भएको संझना गरेका छन्।
![Gyanendra Shah with Komal Shah](http://www.visionsansar.com/wp-content/uploads/2017/01/Gyanendra-Shah-with-Komal-Shah.jpg)
आजभन्दा ५० बर्षअघि हालको राष्ट्रपति भवन शीतल निवासमा नै आफूले पूर्वरानी कोमल शाहलाई पत्नी बनाएको संझना आएको भनेका छन्। नेपालका प्रभावशाली पूर्व पञ्चहरु एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसंग विवाह समारोहमा एकसाथ चियापानमा पूर्वराजा ज्ञानेन्द्रले उक्त कुराको याद गरेका हुन्।
राष्ट्रपति भवन शीतल निवासमा विवाहको रौनकतामा करिब २५ मिनेट बसेका ज्ञानेन्द्र शाहले शीतल निवासलाई गौण गरेर नियालेर अतित संझेका थिए। सोही शीतल निवासवाट राजा त्रिभुवनका तीन छोरीहरु अर्थात ज्ञानेन्द्रका फुपुहरुको समेत विवाह भएको थियो। शीतल निवास चन्द्र शमशेरका छोरा कृष्ण शमशेरको हो।
उनले स्वेच्छाले नेपाल सरकारलाई दिएका थिए। सोही भवनमा केही समय भारतीय दूतावास समेत बसेको थियो र पछि परराष्ट्र मन्त्रालय पनि रहेको थियो।
प्रकाशन मिति–२०७३ साल माघ ३ गते सोमवार