लक्ष्मीरानीमा अभिनेत्री शुभेच्छा थापाको छलाङ–अव शुभेच्छा थापा निर्देशक

0 minutes, 0 seconds Read

काठमाडौं। नेपाली चलचित्र उद्योगमा निरन्तर चलचित्र निर्माण तथा अभिनयमा सक्रिय अभिनेत्री शुभेच्छा थापाले यतिखेर छलाङ मारेकी छन्। चलचित्रमा विविध अभिनय गर्नुको अलावा चलचित्र निर्माणमा समेत हात हालेर अत्यन्त चर्चा पाएकी अभिनेत्री थापा निर्देशक पनि बनेर छलाङ मारेकी हुन्।

अभिनेत्री थापाले निर्देशन गरेको पहिलो चलचित्रको नाम नै लक्ष्मीरानी रहेको छ। यस चलचित्र लक्ष्मीरानीको निर्मात्री समेत रहेकी अभिनेत्री थापाले डब्बल रोल समेत गरेर गजबकै काम गरेकी छन्। त्यसमाथि, यस चलचित्रको लेखन कार्य समेतको जिम्मेवारी अभिनेत्री थापाले नै वहन गरेकी छन्। यसले गर्दा पनि यस चलचित्रप्रति धेरैको आशा रहेको छ।

यस चलचित्र लक्ष्मीरानीको संपूर्ण छायाँकन संपन्न भैसकेको जानकारी अभिनेत्री थापाले भिजन संसार डटकमलाई दिएकी छन्। जयकिशन बस्नेत, परदेशी शाह, धीरेन शाक्य, रश्मि भट्ट, श्याम राई, शारदा गिरी, कृष्ण शिवाकोटी, खेम लामिछाने, रामु विरही, माधवप्रसाद लगायतका कलाकारहरुको अभिनय रहेको छ। नव कलाकार कमल साउदको समेत अभिनय रहेको छ। कोरियोग्राफी स्बीबेक थापा र साइमन राजभण्डारीको रहेको छ। ख्यातिप्राप्त नायक धीरेन शाक्यले अभिनेत्री शुभेच्छा थापाको दाजुको रोलमा विशेष अभिनय गरेका छन्।


प्रकाशन मिति–२०७६ साल जेठ ९ गते विहीवार ।

Similar Posts