![लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर जात्रा](http://www.visionsansar.com/wp-content/uploads/2017/01/Kalo-Mosho-Dalnelai-Abir-Jatra-2.jpg)
काठमाडौ। अख्तियार अनुसन्धान आयोगमा लगातार तीन बर्ष प्रमुख बनेर सर्वोच्च अदालतवाट अयोग्य ठहर गरिएका लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमा नै कालोमोसो गर्ने दुई युवा रिहा बनेका छन्।
लोकमानलाई गत पुस ७ गते कालोमोसो दल्ने दुई युवा प्रकाश शाही र चन्द्र बुढा एक महिनाको जेल सजायवाट रिहा भएको लगतै उनीहरुको शुक्रबार अबिर जात्रा भएको छ। काठमाडौको टेकु देखि त्रिपुरेश्वरसम्म कुनै चुनाव जितेका नेताहरुलाई जस्तै अबिर जात्रा गरिएको थियो।
![कालोमोसो दल्ने दुई युवा प्रकाश शाही र चन्द्र बुढा एक महिनाको जेल सजायवाट रिहा भएको लगतै उनीहरुको शुक्रबार अबिर जात्रा भएको छ। काठमाडौको टेकु देखि त्रिपुरेश्वरसम्म कुनै चुनाव जितेका नेताहरुलाई जस्तै अबिर जात्रा गरिएको थियो।](http://www.visionsansar.com/wp-content/uploads/2017/01/Kalo-Mosho-Dalnelai-Abir-Jatra-1.jpg)
विप्लव माओवादी समर्थित यी दुई युवा अखिल (क्रान्तिकारी) मा पनि आवद्ध रहेका छन्। अबिर जात्रामा विद्यार्थीहरुले उनीहरुलाई लिड गरेका थिए। यसअघि विप्लव माओवादी नेता तथा कार्यकर्ताहरुले उनीहरुलाई रिहाई भएपछि फुलमाला र अबिर लगाइदिएका थिए।
प्रकाशन मिति–२०७३ साल माघ ७ गते शुक्रबार ।