काठमाडौ। नेपालका भूकम्पपीडित तथा बाढीपीडितका सहयोगमा अग्रता कायम गर्दैआएका हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ‘दिव्यराज दाहाल स्मृति सामाजिक पुरस्कार’बाट सम्मानित बनेका छन्।
शुक्रबार विराटनगरमा आयोजित विराटनगरबाट प्रकाशन हुने ‘उद्घोष’ दैनिक पत्रिकाको १३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा धुर्मसलाई रु एक लाख एक हजार ११ सहित सम्मानपत्र दिइएको हो। सो अवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले धुर्मुसलाई सम्मानित गर्दै उनले समाजसेवामा गरेको भूमिका सराहनीय रहेको बताए।
![Dhurmush-Suntali who make Newly true Nepal](http://www.visionsansar.com/wp-content/uploads/2017/06/Namuna-Basti-Nepal-6.jpg)
मेयर पराजुलीले धुर्मुस–सुन्तली फाउन्डेशनलाई आफ्नातर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा समेत गरेका छन्। सोही अवसरमा उद्योगपति नवीन रिजालले पनि रु एक लाख सो संस्थामा प्रदान गर्ने घोषणा गरे। कार्यक्रममा कलाकार धुर्मुसले धर्तीमा जन्मिएपछि केही राम्रो काम गर्ने भावनाका साथ समाजसेवामा लागेको भनेका छन्।
कलाकार धुर्मुसले बाढीले बगाएर मृत्यु भएका विराटनगर–११ का अरलिया ऋषिदेव र बूढीगंगा–१ का उमेश नेपालको परिवारलाई रु २५/२५ हजार राहतस्वरुप प्रदान गरेका छन्। सो रकम धुर्मुस–सुन्तली फाउन्डेशनबाट प्रदान गरिएको हो।
प्रकाशन मिति–२०७४ साल भदौ २ गते शुक्रबार ।