काठमाडौ। विश्वकी सुन्दर महिलाहरुको सूचीमा ३५ बर्षीया बियोन्से पहिलो भएकी छन् भने ३४ बर्षीया प्रियंका चोपडा दोश्रो बनेकी छन् । भिडियो शेयरसम्बन्धि सामाजिक मिडिया सञ्जाल बजनेटले आयोजना गरेको पोलमा एन्जेलिना जोलीलाई पछि पार्दै भारतीय अभिनेत्री प्रियंका चोपडा दोश्रो स्थानमा आएकी हुन्।
![Hot Indian Actress Priyanka Chopada](http://www.visionsansar.com/wp-content/uploads/2017/04/Priyanka-Chopada.jpg)
पपस्टार बियोन्सेपछि दोश्रो स्थानमा आएकी प्रियंकाले ट्वीट्रमार्फत आफ्ना फ्यानहरुलाई धन्यवाद दिदै बियोन्से आफ्ना लागि पनि नम्बर वान नै रहेको भनेकी छन्।
मोडल एवं भिक्टोरियो सिक्रेटकी सुन्दरी टेलर हिल विश्वका सुन्दरीहरुको सूचीमा तेश्रो नम्बरमा रहेकी छन् भने, वाट्सन चौथोमा, डाकोटा जोन्सन पाँचौं र ६९ बर्षिया हिलारी क्लिन्टन छैठौं नम्बरमा परेका छन् ।
ओस्कार विजेता एमा स्टोन १२ औं नम्बरमा परेकी छन् भने बराक ओबामापत्नी ५३ बर्षीया मिशेल ओबामा २१ नम्बरमा परेकी छन्।
![Hillary Clinton](http://www.visionsansar.com/wp-content/uploads/2017/04/Hillary-Clinton.jpg)
प्रकाशन मिति–२०७३ साल चैत्र २२ गते मंगलवार ।