सञ्चारकर्मी गीता अधिकारीको यो बर्षपनि नयाँ तीज गीत आउने

0 minutes, 0 seconds Read

काठमाडौ। अघिल्लो वर्षको तीजमा सन्देशमुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारीको शव्द–रचना तथा अभिनयमा यो बर्षपनि नयाँ तीज गीत आउने भएको छ। ‘आउ नाचांै सङ्गी हो’ वोलको विलकुलै नयाँ तीज गीत आउने भएको हो।

नायिका तथा गायिका सारिका घिमिरेको गायन रहेको उक्त तीज गीतको छायाँकन संपन्न भएको छ। योगेश काजीको सङ्गीत तथा नारायण रिजालको निर्देशन रहेको छ। गीतको भिडियोलाई वीपेन्द्र भाट ‘विपिन’ले छायाँकन गरेका छन्।

गीतको भिडियोमा नायिका पुजना प्रधानले कम्मर मर्काएकी छन् भने गायिका तथा नायिका सारिका घिमिरे र गीता अधिकारीलगायत अन्य कलाकारले पनि नृत्य गरेका छन्। केही दिनभित्र यस तीज गीतको भिडियो रिलिज हुने जानकारी सञ्चारकर्मी गीता अधिकारीले दिएकी छन्।


प्रकाशन मिति–२०७६ साल असार २८ गते शनिवार ।

Similar Posts