लण्डन। बेलायतमा रहेका नेपाली तन्नेरीहरु वीचको नृत्य प्रतियोगिता हुने भएको छ। युके डान्स अफ–२०१७ नाम दिइएको यस प्रतियोगिताको अडिसन यही जुलाइको २० तारिखमा हुने आयोजक सपन इन्टरटेन्टमेन्ट लिमिटेड कार्यकारी प्रमुख सपनकुमार राइले बताएका छन्।
गत बर्षवाट आयोजना हुंदैआएको यो बर्षको युके डान्स अफ–२०१७ मा २० जना नेपाली तन्नेरीहरुले आवेदन दिएका छन्। उनीहरुको द प्यालेस अल्डरसटमा अडिसन हुने भएको छ। अडिसनमा प्रतियोगीले एक नृत्य देखाउने भएको छ। फाइनल प्रतियोगिता भने ३० जुलाइमा प्रिन्सेस हल अल्डरसटमा हुने निश्चित गरिएको छ । यस प्रतियोगिताको मुख्य निर्णायक र कोरियोग्राफी रिनासा बान्तवा राईले गर्ने भएकी छन्।
![Mr. Sapan Kumar Rai-Chairperson of Sapan Entertainment Limited, UK.](http://www.visionsansar.com/wp-content/uploads/2017/07/Sapan-Kumar-Rai.jpg)
१६ वर्ष देखि माथिको उमेर समूहका महिला–पुरुष दुवैले एकल र ग्रुपमा नाच देखाइने भएको छ। विजेताले आकर्षक पुरस्कार पाउनेछन् । पहिलो हुने विजेताले १२ सय पाउण्ड, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेले ५०० पाउण्ड प्रदान गरिने भएको छ। गत वर्ष जेनी सुनुवार यूके डान्स अफ भएकी थिइन्।
प्रकाशन मिति–२०७४ साल असार ३० गते शुक्रबार ।