सिक्किमको राजनीतिमा नेपाली चलचित्रकी नायिका रञ्जु लामिछानेको नयाँ रंग

0 minutes, 0 seconds Read

ranju-lamichhane-2काठमाडौ। भारत प्रवास सिक्किमकी नेपाली भाषी नेपाली चलचित्रकी नायिका रञ्जु लामिछानेले नेपाली चलचित्र नखेको धेरै बर्ष भैसकेको छ। कतिले आम नेपाली चलचित्रका कलाकारहरु जस्तै अमेरिका या जापान पलायन भयो होला भनेर अनुमान गरिदै गरेको अवस्थामा रञ्जु भने आफू गृहनगर सिक्किममा नै रहेको खुलासा गरेकी छन्।

ranju-lamichhane-1

सिक्किममा लामो समय देखि रहेर त्यहीको सिक्किम सत्तारुढ दल सिक्किम डेमोक्रेटिक फ्रन्टमा आवद्ध बनेर राजनीतिमा लागिरहेको भनेकी छन्। हाल चेली मोर्चाको सचिव पदमा कार्यरत बनेर सिक्किमको राजनीतिमा होम्मिएकी उनी राजनीतिमा लागेको चार बर्ष भैसकेको भन्छिन्।

सिक्किमको प्रान्तिय राजधानी गान्तोक नजिकको सिङ्गताममा जन्मिएकी उनी पार्टीको सांस्कृतिक सचिवको रुपमा समेत सक्रिय रहेकी छन्। नेपाली चलचित्र बसाईवाट नेपाली चलचित्र उद्योगमा डेब्यु गरेकी उनले त्यसपछि को होला मेरो मायालु, आँधी तुफान, साहारा, बर्षा आकाश गंगा, सडक छाप लगायतका दर्जनौ चलचित्र तथा तितो सत्य लगायतका सिरियलहरुमा अभिनय गरेकी थिइन्।

ranju-lamichhane-3

अभिनयको पर्याप्त अनुभव गरेयता राजनीतिको अनुभव लिनमा आफू अत्यन्त व्यस्त बनिरहेको पनि उनले भनेकी छन्।
प्रकाशन मिति–२०७३ साल असोज २३ गते आइतवार ।

Similar Posts