हिरो नंबर १ को भिडियोमा जय किशन र एलिनाको रोमान्स

0 minutes, 2 seconds Read

काठमाडौं। जय किशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र हिरो नंबर १ को मेरी नक्कदली मेरो नक्कले बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मधुसुदन डाँगीको शब्दमा हरि थापाको संगीत तथा मेलिना राई र म्याक्स नेपालको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो।


अभिनेता जय किशन बस्नेतको लेखन, निर्माण तथा निर्देशन रहेको यस चलचित्रमा जय किशन बस्नेत, जाहन्वी बस्नेत, एलिना रायमाझी, राजिव जंग बस्नेत, लय संग्रौला, संघरत्न महर्जन, टार्जन, शोभित बस्नेत, राजु गिरी, आशिका अधिकारी, आरोही श्रेष्ठ, माया तामाङ, रमा श्रेष्ठ, प्रनिप अधिकारी, बिक्रम माङ्मु, रामजी राउत, ज्ञान कुमार कट्टेल, शुभेक्षा थापा, माया उपरकोटी, राजेश जंग बस्नेत, मदन ताम्राकार, रवि के।सी। लगायतले अभिनय गरेका छन् भने हालै सार्वजनिक भएको गीतको भिडियोमा नायक बस्नेत र एलिना रायमाझी फिचर्ड छन्।

यस चलचित्रमा बिनोद सापकोटाको छायाँकन, शंकर महर्जनको द्वन्द, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत रहेको छ भने जाहान्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेका छन् । अशोज ३ गतेदेखि अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र हिरो नंबर १ तीन महिना भन्दा बढी समय लगाएर छायाँकन गरिएको गजबको चलचित्र हो।

प्रकाशन मिति–२०७६ साल साउन ७ गते मंगलवार ।

Similar Posts