काठमाडौ। नेपालमा ६ बर्षको उमेरमा अदभूत एक बालकले आफूभन्दा ठूलो ड्रम तथा किवोर्ड बजाएर चमत्कार देखाएका छन्। काठमाडौको सीतापाइला निवासी अनुजरत्न बज्राचार्य तथा संपूर्णलता तुलाधरका एकमात्र छोरा यचुरत्न बज्रचार्यले त्यो अदभूत प्रतिभा प्रदर्शन गर्दैआएका हुन्।
घर तथा स्कुलका कुनैपनि कार्यक्रमहरुमा मज्जाले साना–साना हातले ड्रमका स्टीकले ड्रमलाई बजाउने तथा खुट्टाका लात्तिले तलवाट हान्दै म्युजिकको तालमा टेम्पो मिलाएर गजबले बनाउने प्रतिभा प्रदर्शन गरेयता यचुरत्नको चर्चा चुलिदैआएको छ। सीतापाइलास्थित टाइम्स इन्टरनेशनल स्कुलमा कक्षा १ मा अध्ययनरत यचुरत्नमा ड्रम बजाउने आकर्षण दुई बर्षको उमेरवाटै देखिएको भएतापनि चार बर्ष पुगेपछि यसको आधारभूत ज्ञान यचुरत्नका पिता अनुजरत्न तथा माता संपूर्णलताले दिएका हुन्।
गुरुपूर्णिमाका दिनवाटै ड्रम बजाउने सिकाउने कार्य भएकोले गुरुपूर्णिमालाई महत्वको दिनको रुपमा यचुरत्नका पिता अनुजरत्न तथा माता संपूर्णलताले लिने गरेका छन्। छोराका चाहना बमोजिम ड्रम तथा किवोर्ड बजाउनका लागि आवश्यक ती सवै बाजाको घरैमा व्यवस्था दुवैले गरिदिएका छन्। अरुका स–साना छोराछोरी टेलिभिजनका कार्टून हेरेर भुलिरहेको बेलामा आफ्नो छोराले ड्रम तथा किवोर्ड बजाउनतिर सानो उमेरवाटै चाहना व्यक्त गरेवाट अनुजरत्न र संपूर्णलता दुवै निक्कै हर्षित छन्।
यचुरत्न पनि आफूलाई कार्टून हेर्न भन्दा ड्रम तथा किवोर्ड बजाउनै बढी रुचि लागेको र यसैमा रमाउने गरेको भन्छन्। नेपाली तथा अंग्रेजी गीतको बोलमा मज्जाले साना हातहरुले ड्रमका स्टीकले आफूभन्दा ठूला ड्रमहरुमा हान्दै तथा साना खुट्टाका लात्तिले प्रहार गर्दै मज्जाले ड्रम बजाउने गरेका यचुरत्नका दूर्लभ प्रतिभाले हेर्ने प्राय सवैजना हैरान बन्ने गरेका छन्।
![Anuz Ratna Bajracharya & Sampurna Lata Tuladhar with his talented Child Yatsu Ratna Bajracharya](http://www.visionsansar.com/wp-content/uploads/2017/07/Yatchu-Ratna-Bajracharya-Chilld-Drammer.2.jpg)
अझ किवोर्ड चलाउदै सयौं थुंगा फूलका हामी एउटै माला बोलको बोलको राष्ट्रिय गीतलाई मज्जाले बजाउन सक्ने अर्को यचुरत्नभित्रको खुवीले सानोमा नामुद उस्ताद बन्ने लक्षण देखाइसकेका छन्। सानोमा ड्रम तथा किवोर्ड बजाउने अदभूत बालक यचुरत्नको नामलाइै नेपालको तर्फवाट गिनिज बुकमा नाम लेखाउने कोशिश हुनु आवश्यक देखिएको छ।
यसतर्फ पहल गर्न आवश्यक भएको प्राध्यापन पेशा अपनाउंदै आएका सुप्रसिद्ध संचारकर्मी निर्मल बज्राचार्यको भनाई रहेको छ। प्राध्यापक बज्राचार्य यचुरत्न नेपालको संगीत क्षेत्रको लागि सानो उमेरका अदभूत प्रतिभा नै भएको दावी गर्छन्।
प्रकाशन मिति–२०७४ साल असार २५ गते आइतवार (गुरुपूर्णिमा)।