Prabhat 2045 Group 4काठमाडौ। बचपनको रहरलाग्दो समय फर्केर आउने कल्पना मात्र गर्दापनि रमाइलो हुने गर्दछ। अत्यन्त अकल्पनिय कल्पनाले शरीरलाई तन्दुरुस्त तथा स्फुर्त बनाउने गर्दछ। यसले गर्दा पनि हिजोआज बचपनाका स्कुले जीवनका साथीहरुको खोजी तथा उनीहरुसँग निरन्तर भेटघाट गर्ने प्रकृयाको विकास भएको छ।

Prabhat 2045 Group 3

धेरैले बचपनमा स्कुलले जीवन सकिएपछि एक आपसमा विछोडिएका साथीहरुको कुनै न कुनै माध्यमवाट मिलन गर्ने र हुने कार्य भैरहेको छ। यसक्रममा काठमाडौको श्रीघः विहार नघलमा एसएलसीसम्म अध्ययन गरेर वि.सं.२०४५ सालपछि विछोडिएका साथीहरुको मिलन भएको छ।

Prabhat 2045 Group 5Prabhat 2045 Group 6सोही व्याँचका प्रभावशाली छात्र डेविड श्रेष्ठको नेतृत्वमा संगठित भएको ती पुराना साथीहरुको जमात जय प्रभात २०४५ समूहले सोही समूहकी प्रमिला डंगोलकी ८० बर्षिया आमा दुर्गादेवी डंगोलको सम्मान गरेका छन्। श्रीघः पूजामा आयोजित कार्यक्रममा जय प्रभात २०४५ समूहको तर्फवाट भिजन संसारका समाचार सम्पादक श्याम स्मृत र कृषि विकास बैक पुलचौक शाखाका उपप्रमुख संगीता श्रेष्ठव्दारा खाँदा तथा उपहार प्रदान गरेर सम्मान प्रदान गरिएको छ।

Prabhat 2045 Group 13सम्मानित ८० बर्षिया आमा दुर्गादेवी डंगोलले छोरीका पुराना साथीहरुको मिलन सदा अमर रहोस् भनेर आशिर्वाद सहित शुभकामना व्यक्त गरेकी छन्। विभिन्न समारोहमा यसरी नै साथीभाइको जमघट गरेर विभिन्न प्रकारका कार्यक्रम गर्दैजाने जय प्रभात २०४५ समूहका महासचिव राजु स्थापितले जानकारी दिएका छन्।

Prabhat 2045 Group 16आफूहरु वीचको सर्कललाई अझ प्रभावाकारी बनाएर लैजान आफूहरु कटिबद्ध रहेको समूहकी उपाध्यक्ष रोजी जोशीले भनेकी छन्। संस्थापक अध्यक्ष डेविड श्रेष्ठले चाँडै नै प्रभात माध्यमिक विद्यालयमा निरन्तर ३५ बर्ष प्रधानाध्यापक भएर सेवा पुर्याएर हाल सेवानिवृत जीवन विताइरहेका गुरु नातिकाजी महर्जनको बृहत सम्मान गर्ने तयारी भैरहेको बताए।

Prabhat 2045 Group 12प्रकाशन मिति–२०७३ साल चैत्र २६ गते शनिवार।