Monkey Attac 3

काठमाडौ। नेपालको विश्वप्रसिद्ध पवित्र धार्मिक स्थल भगवान पशुपतिनाथ मन्दिर परिसर तथा भगवान स्वयम्भुनाथ परिसरमा बांदरहरुको आतंक निक्कै बृद्धि भएको छ। बांदरहरुको आक्रमणले भक्तजनहरु घाइते हुनुको अलावा बांदरले भक्तजनहरुको पूजासामाग्री खोस्नु जस्ता विविध कारणले भक्तजनहरु हैरान बन्ने गरेका छन्।

त्यसमाथि, पशुपति र स्वयम्भुका बाँदरहरुमा एचआइभी एड्स जस्तो डरलाग्दो रोगको संक्रमण समेत रहेको समाचार नयाँ पत्रिका दैनिकले प्रकाश गरेपछि यसतर्फ नेपाली नागरिकहरु अझ सचेत बनेका छन्। त्यसलाई रोक्न पशुपति र स्वयम्भुका बाँदरहरुको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ। ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र विभिन्न रोग सर्ने जोखिम बढेको भन्दै मंगलबार अधिवक्ता मधुर पाठकले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

Monkey Attac 1

रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष र कोष सञ्चालक समितिलाई विपक्षी बनाइएको छ। पशुपतिमा पूजाआजा गर्न आउने भक्तजनलाई दिनहुँ बाँदरहरूले आक्रमण गर्ने, घाइते बनाउने एवं पूजा सामग्री लुट्ने, लत्ताकपडा च्यातिदिने तथा पूजाआजा गर्न बाधा व्यवधान उत्पन्न गर्ने गरेको भन्दै त्यस्ता क्रियाकलापलाई रोक्नुपर्ने रिटमा उल्लेख गरिएको छ।

पशुपति क्षेत्रमा आउने आन्तरिक तथा विदेशी भक्तजन बाँदरको आतंकका कारण भयमुक्त वातावरणले घुम्न र दर्शन गर्ने वातावरण बिथोलिएकाले समाधानका लागि अदालतमा रिट दायर गरेको पाठकले बताए।

Monkey Attac 2प्रकाशन मिति–२०७३ साल चैत्र २३ गते बुधवार ।